back
himalayan life

रिब्दिकोट गाउँपालिकाले एक हल गोरु पाल्नेलाई प्रोत्साहन भत्ता दिने

काठमाडौं । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ ।पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भक्ता दिने भएको छ ।

गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु पाँच हजार भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

उनका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भक्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको हो ।

‘घरमा गोरु पालियो भने खेतबारी बाँझिदैन, अहिले त घरमा भएका गोरु हटाउन थालियो, खेतबारी बाँझै राख्ने, बजारबाट अनाज किनेर खाने आदत बसेको छ, घरको उत्पादनले जीविका चलाउन प्रोत्साहन दिन यस कार्यक्रम ल्याइएको छ’, वडाध्यक्ष पोखरेलले भने ।

कृषिलाई बढवा दिन यो नीति लिएको वडाध्यक्ष पोखरेल बताउछन् । गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्छ । घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुनेछ ।

गोरुको मल समेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...