back
Naima

घोराही सिमेन्टको आईपीओ निश्कासनको प्रक्रिया अगाडि बढाउनका लागि ढोका त खुल्यो तर,गोप्य राखियो रेटिङ अनुसन्धानको प्रतिवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको रेटिङ सम्बन्धी अनुसन्धान गरेको प्रतिवेदन गोप्य राखेको छ । केयर रेटिङ नेपालले गैरकानुनी रुपमा गरेको घोराही सिमेन्टको रेटिङ सम्बन्धि अनुसन्धानको प्रतिवेदनलाई बोर्डले गोप्य राखेको हो ।

विवादास्पद कम्पनीको आईपीओ निष्काशन प्रक्रियालाई बिक्री खुला गर्न अनुमति दिएको बोर्डले कम्पनीको रेटिङको अनुसन्धान प्रतिवेदन भने गुपचुप राखेको हो ।

कम्पनीको आईपीओ प्रक्रियालाई अनुसन्धान गर्न बनेको समितिले बुधबार कम्पनीको आईपीओ निश्कासनको प्रक्रिया अगाडि बढाउनका लागि ढोका खुल्ला गरेको छ ।

समितिले आईपीओ निश्कासनको ढोका खुल्ला गरेपनि रेटिङको विषयमा गरेको अनुसन्धान गुपचुप राख्दा संशय पैदा भएको हो । यसअघि घोराही सिमेन्टको रेटिङ गैरकानुनी भएको भन्दै आवाज उठेपछि नै समिति बनेको थियो । तर, सो समितिले प्रतिवेदन नै सार्वजनिक नगरी आईपीओ निश्कासनको प्रक्रिया अगाडि बढाउँदा धेरैले यसको विश्वसनियतामाथि पनि प्रश्न गरेका छन् ।

विशाल ग्रुपको स्वामित्व रहेको केयर रेटिङ नेपालले गैरकानुनी रुपमा घोराही सिमेन्टको रेटिङ गरेको विषय यसअघि नै आइसकेको छ । घोराही सिमेन्टमा मुख्य लगानीकर्ता त्रिवेणी ग्रुपसँगै विशाल ग्रुपको पनि लगानी छ । रेटिङ एजेन्सी केयर नेपालले आफ्नै कम्पनीको रेटिङ गरेपछि बदमासी भएको हुन सक्ने शंका गरिएको छ ।

शंका गरेर नै धितोपत्र बोर्डले केयर रेटिङ नेपाललाई स्पष्टिकरण सोधेको थियो । तर, केयर रेटिङ नेपाल कम्पनीले त्यसको जवाफ नदिई समय मागेको थियो । केयर रेटिङ नेपाललाई घोराही सिमेन्टको रेटिङका विषयमा स्पष्टीकरण सोधेको भएपनि चित्तबुझ्दो जवाफ नआएपछि आईपीओ निष्काशन प्रक्रिया रोकिएको थियो ।

बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ कम्पनीको रेटिङमा उठेको विषयमा अनुसन्धान सम्पन्न भएपनि हाललाई प्रतिवेदन सार्वजनिक नगरिएको बताउँछन् । उनले कम्पनीको रेटिङको अनुसन्धान गरेको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताए ।

‘रेटिङको विषयमा अनुसन्धान भइसकेको छ तर प्रतिवेदन सार्वजनिक भएको छैन, रेटिङको मुद्धा पेण्डिङमा नै छ,’ उनले भने, ‘रेटिङको विषयमा छुट्टै प्रतिवेदन आउँछ ।’

प्रवक्ता श्रेष्ठका अनुसार प्रतिवेदन आएपछि मात्रै रेटिङको विषयमा के भएको हो भनेर खुलस्त हुनेछ । यदि कम्पनीको रेटिङ गैरकानुनी रुपमा गरेको प्रमाणित भएमा केयर रेटिङ नेपाललाई कारवाही गरिने उनको भनाइ छ । निष्काशनकर्ता घोराही सिमेन्टको रेटिङमा कुनै गल्ति नभएको प्रवक्ता श्रेष्ठले बताए ।

‘यदि प्रमाणित भएमा क्रेडिट रेटिङ कम्पनीलाई कानुन बमोजिम कारवाही हुन्छ, रेटिङ गर्न नमिल्ने गरी भएको छ भने रेटिङ कम्पनीलाई कारवाही हुन्छ, त्यो भन्दा अरु हामीले केही पनि गर्न सक्दैनौं,’ उनले भने, ‘यसमा निष्काशनकर्ता कम्पनीको के गल्ति छ र ? उसले रेटिङ गर्न दियो । गर्न नहुनेले रेटिङ गर्याे । रेटिङ गर्न नमिल्ने हो भने रेटिङ कम्पनीले जिम्मा लिनु पर्याे नी ।’

कम्पनीको रेटिङ्गका विषयमा बोर्डमा उजुरी परेपछि क्रेडिट रेटिङ्ग नियमावली विपरित भए/नभएको बारेमा गत जेठ ३० गते केयर रेटिङ्ग नेपाललाई ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको थियो । तर, केयर रेटिङ्ग नेपालले स्पष्टीकरण नपठाई बिना आधार समय थप माग गरेपछि आईपीओ निष्काशन प्रक्रिया रोकिएको थियो ।

क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ मा क्रेडिट रेटिङ्ग संस्थाले गर्न नहुने तथा जानकारी प्रवाह गर्नु पर्ने विषयमा उल्लेख गरेको छ । उपनियम १ मा क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्न नहुने व्यवस्था छ ।

यस्तै, उपनियम २ मा क्रेडिट रेटिङ्ग संस्थाले आफ्नोे मुख्य सेयरधनी वा मुख्य सेयरधनी कुनै कम्पनीमा आधारभूत सेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ्ग गर्न नपाउने व्यवस्था छ ।

आधारभूत सेयरधनी भन्नाले प्रचलित कम्पनी ऐनमा भएको व्यवस्था बमोजिमको आधारभूत सेयरधनीलाई जनाउँछ ।

एउटा रेटिङ कम्पनीले गरेको रेटिङ अर्काे कम्पनीले गर्दा धेरै अन्तर नआउने उनको भनाइ छ । रेटिङमा ब्यापक तलमाथि हुने हो भने रेटिङ कम्पनीको मतलब नै नहुने उनको भनाइ ।

‘कुनै कम्पनीको रेटिङ गर्दा एउटाले रेटिङ गर्दा ‘ए’ आउने र अर्काे कम्पनीले गर्दा ‘बि’ आउने हो भने रेटिङ गर्ने कम्पनी सबै बन्द गरे भैगो नी,’ उनले भनेका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...