back

ध्यान के हो? किन, कतिबेला र कसरी गर्ने ?

nactional life

प्रत्येक व्यक्ति आफ्नो जीवनमा सफल, शान्त, आनन्दित, खुशी बन्न चाहन्छ। उ सबैले आफुलाई चिनून्, आफ्नो किर्ति फैलियोस् भन्ने अपेक्षा गर्दछ । खुशी हुनु मानिसको नैसर्गिक अधिकार पनि हो । यस धर्तीका सम्पूर्ण कीटपतंग, पशुपन्छी वनस्पति आदि सबै खुशी छन्, प्रवाहमा छन् । तर मानव मात्र यस्तो प्राणी हो जो इश्वरको सृष्टिमा दुः खी, पीडित, चिन्ता र तनावले भरिएको छ । यस सृष्टिप्रति गुनासो गर्छ किनकि उसँग मन छ । त्यहि मनको कारण सुख(दुस्ख, शान्ति–अशान्ति, पीडा–तनाव आदिको महसुस गर्छ । के भएमा मानिस सबैप्रति अनुग्रह वा धन्यवाद भावले भरिन सक्छ र परमात्माको सृष्टिप्रति समभावले भरिँदै सुख, शान्ति, आनन्द प्राप्त गर्न सक्छ त्यसकै खोजि ध्यान हो ।

कुनैपनि क्रिया गर्दा शरीरको साथमा यदि सजगता वा होशलाई जोडिन्छ भने त्यो कार्य उत्कृष्ट बन्न जान्छ । सजगता, होश वा बोध नै ध्यानका नामहरु हुन् । हाम्रो सजगता मनमा चल्ने अनेकौ विचारहरुको जन्जालमा फसेको छ । मन इन्द्रियहरुले बाहिरबाट पठाएका सूचनाहरुको आधारमा कार्य गर्दछ । बाहिरका घटनाहरुप्रति हाम्रो मनमा जस्तो धारणाहरु हामीले बनाएका छौँ त्यहि अनुरुप हामी सुख–दुःख, पीडा–तनाव आदिको अनुभव गर्दछौँ । वास्तवमा भन्नुपर्दा यो संसारमा कुनैपनि वस्तु राम्रो या नराम्रो हुँदैन । त्यो वस्तुप्रति हामीले बनाएका धारणाहरुले त्यसलाई आकार दिन्छन्, त्यहि अनुरुप वस्तुहरु बन्छन् । यो संसार हाम्रो विचारहरुको महाशक्तिको आधारमा चल्छ । त्यहि मनमा चल्ने विचारहरुको उहापोहमा जव हामी क्रिया गर्दछौँ तव हामी भित्र बेहोसीको अवस्था रहन्छ । कार्यहरु सहि रुपमा सम्पादन गर्न सक्दैनन् । हामी असफल बन्छौं ।

आँखाले देख्ने दृष्य, कानले सुन्ने शब्द, जिब्रोले लिने रस, त्वचाले लिने स्पर्श र नाकले सुग्ने गन्धमा यदि हामी कुनै किसिमको धारणा नबनाई जस्ताको तस्तै अनुभव गर्ने कोशिस गर्दछौं भने हाम्रो मनमा चल्ने विचारहरु कम हुन थाल्छ । त्यसैगरि आफ्नो स्वास प्रति सजग भएर लामो र गहिरो स्वास निरन्तर लिंदा पनि हाम्रो मनमा चल्ने विचारहरु कम हुन जान्छन् । जति मनमा विचारहरु कम हुँदै जान्छन् त्यतिनै हामीमा सजगता अथवा होश बढ्दै जान्छ । जति शान्त मन हुन्छ त्यतिनै हाम्रो क्षमता वृद्धि हुन्छ किनकि मनमा कुरा चल्दा पनि हामी भित्रको उर्जा खपत हुन्छ । सजगता वा ध्यानको वृद्धिले हामीमा चिन्तन, मनन, निधिध्यासनलाई जन्म दिन्छ । फलस्वरूप हामी भित्र अनेकौ प्रश्न जन्मिन थाल्छन् । स्वास कसरी चल्छ । नशनाडीमा रगत र उर्जाको प्रवाह कसरी हुन्छ । यी ५ ज्ञानेन्द्रियहरुलाई कार्य गर्न क्षमता कसले दिन्छ । शिरमा जति थाहा पाउने क्षमता छ खुट्टामा पनि त्यति नै छ त्यो कसले भर्छ । नङ र कपाल काट्दा किन दुख्दैन हाम्रो शरीरले कसरी कार्य सुचारु राख्छ । जतिखेर शरीरको जुन अंगमा उर्जा पुर्याउनु पर्ने हो त्यहाँ पुगेको हुन्छ यो कसरी । आदि इत्यादी । निरन्तर होशले भरिँदै जाँदा यस सृष्टी प्रति धन्यवाद भावले भरिन थालिन्छ, आफ्नो शरीर हुँदै यो पुरा अस्तित्व प्रति प्रेम जन्मिन्छ । यस ब्रह्माण्डमा इश्वरको रचना एकएक वस्तु अद्वितीय छ त्यसप्रति स्विकार जन्मिन्छ । श्रद्धा पलाउँछ जीवनमा । जति बराबर श्रद्धा, प्रेम, अनुग्रह त्यति बराबर हामी शान्त, आनन्द, खुशी बन्दै जान्छौं ।

जीवन विज्ञान प्रवेश संगै पहिलो ज्ञान सद्गुरुदेवद्वयबाट आउने अनुग्रह भाव र सजगता हो । कुनैपनि ध्यानयोग प्रयोगशालामा नगई सिधै जीवन विज्ञानमा प्रवेश गरेका हरुले भन्ने गर्छन् सुरुमा त बुझेकै थिएन । तर पछि बुझ्दै जाँदा जीवनको परम सुख, आनन्द, शान्ति त यहि अनुग्रह भाव र सजगतामा रहेछ । ती जीवन्त अमृतरुपी ब्रह्मवाक्यहरुको निरन्तर श्रावण मनन पश्चात जीवन सहज रुपमा रुपान्तरण हुन्छ ।करुणाले भरिएका आँखा, परम होशबाट आएका ति मधुर अमृतरुपी प्रेम रसका ति भावहरुको सत्सङ्गले जीवनमा जीवन्तता आउन थाल्छ । सद्गुरुदेवका प्रत्येक क्रिया हिँडाई, बोलाई, हेराई यहाँ सम्म कि उहाँहरुले प्रयोग गर्ने कपडाहरुमा पनि रहस्य हुन्छ भन्ने कुराको बोध सत्सङ्ग पश्चात आफ्नो जीवनमा निरन्तर हुन्छ ।
त्यसैले जीवनलाई उन्नत र परिस्कृत बनाउन निरन्तर होशले भरिनु आवश्यक छ । प्रत्येक दिनको खुशी निरन्तर बढ्दै जानुपर्दछ जुन ध्यानले मात्र दिन सक्तछ । सबैको जीवनमा सद्गुरुदेवको पदार्पण होस् । ध्यान गर्ने सुअवसर सबैले प्राप्त गरुन् ।

ध्यानको विधि

ध्यान कुनै काम वा क्रिया होइन । कुनै काम नगर्नु नै ध्यान गर्नु हो । अव्रिmयाको अवस्थामा द्रष्टाको रूपमा विषयको अवलोकन गर्नु नै ध्यान हो । आँखा बन्द गरेर हेर्ने प्रयास गर्नु ध्यान हो । हामी दिनरात अरु व्यक्तिलाई हेरिरहेका हुन्छौ । अरुको गुण (अवगुण, स्वभाव, चालचलन) निरीक्षण गरिरहेका हुन्छौ ।

बाह्य व्यक्ति, वस्तु र विषयलाई बिर्सेर एकान्तमा आत्मनिरीक्षण गर्नु ध्यानको अभ्यास हो । ध्यानको अभ्यासले मानिसलाई आत्मज्ञानी बनाउँछ र आत्मज्ञानी बन्न नै ध्यान को आवश्यकता पर्दछ । पूजा, प्रार्थना, कीर्तन, भक्ति, आराधना, प्राणायाम, विपस्यना सबै ध्यानकै स्वरुपहरु हुन् । सर्वव्यापी, सर्वशक्तिमान इश्वरलाई सम्झनुलाई ध्यान भन्दछन् । आफैँलाई इश्वरको स्वरुप सम्झेर आत्मचित्तको अवस्थालाई अनुभूति गर्दै आत्मस्वभावको निरीक्षण गर्नु ध्यान गर्नु हो । ध्यान जुनसुकै समय र अवस्थामा गर्न सकिन्छ । ध्यानको सुरुवातका अवस्थामा शरीरको चालचलनको निरीक्षणबाट गरिन्छ ।

सबैभन्दा पहिले शरीरलाई नै होसपूर्वक हेर्ने अभ्यास गरिन्छ । जतिजति शरीरलाई हामी होसपूर्वक हेर्दै जान्छौ, उति–उति शरीर शान्त हुँदै जान्छ । शरीरपछि विचारलाई । आफूलाई द्रस्टाको रूपमा अनुभव गर्दै आफ्नो मस्तिष्कमा उठ्ने विचारहरुलाई हेरिन्छ । विचारहरु आउँछन् जान्छन्, आफू निर्दिस्ट भएर हेरिरहिन्छ । कुनै विचारको पछाडि लागिदैन । राम्रो–नराम्रो, शुभ–अशुभ, सकरात्मक–नकारात्मक केही छुट्याइँदैन, बस त्यसलाई हेरिन्छ मात्र । विचारहरुलाई तटस्थ भएर हेर्ने काम मात्र हुन्छ । जतिजति विचारहरु हेरिन्छ, उतिउति विचारहरु आउन कम हुन्छ । विचार पछि आफ्ना भावहरुको अवलोकन हुन्छ । आफू भित्र उठ्ने काम, व्रmोध, लोभ, मोह, अहङ्कार, राग, रिस, द्वेष, आह्रिस सबैलाई कर्ताको रुपमा अनुभव गर्दै गइन्छ । यसरी हेर्दै जाँदा आफ्ना भावहरु शुद्ध हुँदै जान्छन् । यसरी ध्यानको अभ्यासमा आफ्नो शरीर, विचार र भावलाई भोक्ताको रुपमा हेर्दै गइन्छ । शरीरलाई हेर्दै जाँदा हामीलाई थाहा हुन्छ, हामी शरीर होइन । विचारलाई हेर्दै जाँदा थाहा हुन्छ, हामी विचारका तरङ्गहरु पनि होइन, र भावलाई अनुभव गर्दै जाँदा थाहा हुन्छ हामी भावका तरङ्ग पनि होइन । यसरी आफू के होइन भन्ने कुरा को खोजी गर्दागर्दै, आफू के हो ? भन्ने प्रश्नको उत्तर पाइन्छ ।

विपस्यना ध्यानको प्रयोगात्मक विधि

विहानको समय ध्यान गर्न सबैभन्दा उत्तम हुन्छ । ध्यान गर्नु अघि योगभ्यास (प्राणायाम) वा नृत्य गर्न सकिन्छ । एकान्तमा शवासन (सीधा उत्तानो परेर सुत्ने विधि) वा सुखासन (पलेटी कसेर बस्ने विधि) मा बस्ने । आसनमा बसिसकेपछि आफ्नो ध्यानलाई नाकको टुप्पोमा केन्द्रित गर्ने । र, श्वासको आगमन र बाह्यगमनलाई अनुभव गर्ने । यो सबैभन्दा सरल ध्यानको विधि हो । यो अभ्यासलाई सुरुमा ५ मिनेट गर्ने र दैनिक बढाउँदै १ घण्टासम्म पुर्याउने । यो पङ्क्तिकारले ध्यान गर्दा सुरुका दिनमा ध्यान केन्द्रित गर्न नसके पछि श्वासप्रश्वासलाई गणना गर्ने काम गर्दथ्र्यो । यसरी आफ्नो ध्यानलाई केन्द्रित गर्न सकिन्छ । यसरी गणना गर्दै जाँदा केही दिनमा गणना हराउँछ र श्वासप्रश्वास मात्र बाँकी रहन्छ ।

२०७८ भदौँ ९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान...

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:४५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद्...

गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको...

वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:१८

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा...

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...