बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै
वि.सं.२०८३ जेठ १५ शुक्रवार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपरान्ह २ बजे बोलाइएको छ । आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्नेछन् ।
प्रकाशित समय : १४:४५ बजे

















