निफ्राले माग्यो कर्मचारीः को–कसले आवेदन दिन सक्ने, यसरी दिनुहोस् आवेदन
वि.सं.२०७८ भदौ ९ बुधवार
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागी १३ जना कर्मचारी मागेको हो ।
बैंकले इन्फ्रा एक्सिलेन्स सेन्टर लागि असिस्टेन्ट म्यानेजर १ जना, जोखिम प्रबन्धक (रिस्क म्यानेजमेन्ट) का लागि असिस्टेन्ट म्यानेजर १ जना, क्षेत्रीय नेतृत्व (सेक्टरल लिड्स) मा ४ जना, संस्थान तथा सरोकारवाला संलग्नता र नीति कार्यान्वयन (लिड इन्स्टिट्यूसन एण्ड स्टेकहोल्डरर्स इन्गेजमेन्ट एण्ड पोलिसी एड्भोकेसी) मा १ जना, फाइनान्स र अकाउन्ट शाखामा जुनियर अफिसर १ जना, रिस्क म्यानेजमेन्टमा जुनियर अफिसर १ जना, प्रोजेक्ट फाइनान्सिङ्मा जुनियर अफिसर २ जना, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजर पदमा २ जना गरी १३ जना कर्मचारी आवश्यक रहेको जनाएको छ ।
इच्छुक योग्यता पुगेको आवेदकले भदौ २३ गते (सेप्टेम्बर ८ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।
२०७८ भदौँ ९ गते प्रकाशित
प्रकाशित समय : १२:५८ बजे