back

खोप केन्द्रमै कोरोना संक्रमणको डर

रौतहट । रौतहटमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज सञ्चालन भईरहेको छ । पहिलो डोज खोप लिएको २१ दिनभित्र लगाउनु पर्ने दोस्रो डोज खोप साउन २५ गतेदेखि लगाउन सुरु भएको हो । जिल्लामा प्रथम चरणको खोप अभियान संचालनको लागि चन्द्रपुर,गढीमाई कटहरिया नगरपालिका अन्र्तगत ६ वटा खोप केन्द्र, गुजरा,बृन्दावन ,फतुवा बिजयपुर ,देवाही गोनाही नगरपालिका अन्र्तगत ५ वटा खोप केन्द्र गरुडा नगरपालिकामा ९ वटा खोप केन्द्र र मौलापुर नगरपालिकामा ४ वटा खोप केन्द्रबाट सर्बसाधारणलाई खोप लगाउन व्यावस्था गरिएको छ । यी सवै खोप केन्द्रमा साउन २५ गते देखी २७ गते सम्म खोप लगाईने व्यवस्था रहेको छ ।

रौतहटका खोप केन्द्रहरु व्यवस्थित नहुदाँ समस्या देखिएको छ । एका तिर खोप लगाउन आउनेको संख्या अत्यधिक रहेको छ भने अर्को तर्फ खोप लगाउन आउनेले सामाजिक दुरी कायम नगर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगर्ने कारणले कोरोना संक्रमण फैलन सक्ने जोखिम उत्ति नै बढेको छ । जिल्लामा अत्याधिक गर्मीका कारण रुघाखोकी, ज्वरोका बिरामी पनि बढ्न थालेका छन् । भिडमा लाइन लाग्दा कोही संक्रमित भएको भए सर्छ कि भन्ने डरले खोप लगाउन जान नसकेकोे चन्द्रपुर नगरपालिका ८ कि सिता सापकोटाले बताईन । भौतिक दूरी कायम गर्छु भन्दा पनि नसकिने भिड बढी भएको उनि बताउछिन ।

जिल्लामा कोरोना विरुद्धकोे दोस्रो डोज अन्तर्गत १४,४०० भाइल भेरोसेल खोप आएको र सबै खोप केन्द्रमा लगाउने काम भईरहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख दिपेन्द्र कुमार रायले बताए । रौतहटमा हाल ५२ जनामा कोरोना सक्रिय संक्रमित रहेका छन भने १२९९ जना संक्रमित भई निको भएका छन । कोरोना संक्रमणका रौतहटका १ सय १८ जनाले ज्यान गुमाएका छन । जिल्लामा पछिल्लो समय मृत्युदर घटे पनि परीक्षण गरिएकोमा संक्रमण दर घटेको छैन ।
२०७८ साउन २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...