back

मैलुङ खोलाको आईपीओ बाँडफाँट, ६८ हजार ४७४ जनाले पाए १० कित्ता : नतिजा कसरी हेर्ने ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाड भएको छ ।आइतबार भएको र बाँडफाँडको काम आज (मंगलबार) बिहान ९ बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।

आईपीओमा जम्मा २० लाख ६७ हजार ९६७ जना अर्थात ३९ गुणा बढिले आवेदन दिएका थिए भने जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ।

बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर पाएका छन । जसमध्ये ६ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरे ।

मैलुङ खोला जलविद्युत कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट बाँडफाँड गरिएको छ। त्यसमध्ये ६ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन ।

त्यसैगरी आवेदन दिएका लगानीकर्ताहरुमध्ये २० लाख ५० हजारभन्दा बढीको हात खालि भएको छ । प्रिअलटमेन्ट सकेर शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

रिजल्ट यसरि हेर्नुहोस।
आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न केहि समय लाग्ने छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, सिद्धार्थ क्यापिटल लिमिटेडको वेभसाइट https://www.siddharthacapital.com, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको वेभसाइट https://mailungkhola.com र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ ।

२०७८ साउन २६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३१

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:४०

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:२७

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका...