back

पुँजीगत लाभकरको नयाँ व्यवस्था कार्यान्वयनका लागि ‘मेरो सेयर’ मा थपियो यस्तो फिचर्स

काठमाडौँ । नयाँ आर्थिक वर्षको सुरुआतसँगै धितोपत्र बजारमा गरिएको नयाँ व्यवस्थाका लागि मेरो सेयर एपमा नयाँ फिर्चस थपिएको छ ।

बजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि छुट्टाछुट्टै पुँजीगत लाभकरको व्यवस्था कार्यन्वयन गर्नका लािग मेरो सेयरमा धितोपत्रको स्वामित्व अवधि गणना गर्ने सुविधा थप गरिएको हो ।

सीडीएससीका अनुसार धितोपत्र स्वामित्वको अवधि गणना गर्ने उक्त सुविधा आज (साउन ३ गते) बेलुका ७ बजेदेखि मेरो सेयरमा अपडेट हुने छ । मेरो सेयरको मोबाइल एप प्रयोग गर्ने लगानीकर्ताहरुले भने प्लेस्टोरमार्फत मेरो सेयर एप अपडेट गरी उक्त सेवा सुचारु गर्न सकिने छ ।

नेपाल सरकारद्वारा जारी आर्थिक अध्यादेश २०७८ मार्फत आयकर ऐन, २०५८ को दफा ९५ (क) मा संशोधन गरी ‘उपदफा (२) को खण्ड (क) मा रहेका ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको ५ प्रतिशत’ भन्ने शब्दहरुको सट्टा अब ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ७.५’ भन्ने शब्दहरू राखिएको छ।

गत साउन १ गतदेखि हुने सम्पूर्ण कारोबारमा बिक्रीकर्ता बासिन्दा प्राकृतिक व्यक्तिले धितोपत्रको बिक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको कुल धितोपत्रको लागतको भारित औसत गणना गरी सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरी धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधिसमेत गणना गरी बिक्री गरेको धितोपत्रमध्ये ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सोभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्यासमेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको हो।

सोहीअनुसार सम्पूर्ण लगानीकर्तालाई कारोबार गर्न गराउन नेपाल धितोपत्र बोर्डले पनि आग्रह गरेको छ।

२०७८ साउत ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...