अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त
वि.सं.२०७८ साउन ३ आइतवार
काठमाडौँ । अजोड इन्स्योरेन्सले शेयर रजिष्ट्रारमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको हो ।
आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
२०७८ साउत ३ गते प्रकाशित
प्रकाशित समय : १२:३२ बजे





















