back

नपाको मेयरमा पत्रकार सुनवर्षिको चर्चा, मेयरमा उठ्न स्थानीयको आग्रह

  1. मोरङ। मोरङको सुनवर्षि नगरपालिकाको अगामी मेयर पदको लागि युवा पत्रकार बिरेन्द्रकुमार साहको नाम अहिले चारै तिर चर्चामा रहेको छ । आउँदो स्थानिय तहको निर्वाचनमा मेयर पदको लागि उम्मेद्वारी दिन स्थानीयहरुले पत्रकार साहलाई सुझाव सहित आग्रह गरेका छन् ।

कोरोनाको महामारिको विषम परिस्थितीमा समेत साहले अफ्नो ज्यानको समेत प्रवाह नगरी समस्यामा परेकाहरुको लागि मजबुतिका साथ सेवामा लागि रहे । उनले आफ्नो सोवा कार्यलाई सुनवर्षि नगरपालिकामा मात्र सिमित नराखि जिल्लाका बिभिन्न ब्यक्तिहरुलाई सहयोग गर्ने गराउने कार्यमा दत्तचित भएर लागि रहे ।

पत्रकार साहले लकडाउन अवधिमा मात्र नभई अन्य समयमा समेत स्वास्थ्य समस्या भएकाहरुको लगि एम्बुलेन्स व्यवस्थापन देखि अस्पताल भर्ना, रगतको व्यवस्था, चिकित्सक संगको सल्लाह सहितको कार्यमा आफ्नो तत्परता देखाउँदै आइ रहेको छ । उनले उपचारको लागि आर्थिक अभाव भएकाहरुको लागि आर्थिक सहयोग समेतका उपलब्ध गराएको छ ।

त्यस्तै लकडाउनले गर्दा सुनवर्षि नगरक्षेत्र भित्र रोजगारी गुमाएका वा रोजगार नपाएकाहरुको लागि सुनवर्षि सहयोग अभियान नामक अभियान चलाएर घर–घरमै पुगेर खाद्यान्न सामग्री बितरण गरे । अहिले पनि उनी सो अभियानमा साथिहरु संगै सक्रिय रहेका छन् ।

समाज सेवा प्रति साहको सकृयता, सहयोगी भावना र समाजको लागि केही गर्ने दृढ इच्छा शक्ति देखेर अधिकांश सुनवर्षिवासी साहलाई मेयर पदकमे उम्मेदवारी दिन सुझाव सहितको आग्रह गरेका छन् ।

सानै उमेरदेखि रेडियो मार्फत मिडियामा प्रवेश गरेका साह करिब १० वर्ष देखि मिडिया क्षेत्रमा सकृय रहेका छन् । हालै सम्पन्न नेपाल पत्रकार महासंघ मोरङको निर्वाचनमा समेत उनी लोकप्रिय भोटका साथ कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । बिराटनगरबाट संचालित हिपमत मिडिया हाउस प्रा। लि।का अध्यक्ष समेत रहेक पत्रकार विरेन्द्र कुमार साह एभिन्युज टेलिभिजनको जिल्ला प्रमुख समेत रहेका छन् ।

सुनवर्षि नगरपालिकाको बालबालिका देखि लिएर युवा, वृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समुकाका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन् । बीरेन्द्र सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामिहरुलाई निःशुल्क उपचार गराउन देखि आर्थिक सहयोग सहित अन्य सहयोगमा समेत अग्रस्थानमा उभिएका छन् । उनलाई माया गर्नेहरुले उनैलाई अगामी मेयरको रुपमा हेर्न इच्छा जाहिर गर्दै उम्मेदवारी दिनको लागि आग्रह गरेका छन् ।

चुनावी गणितमा पार्टीबाट दिइन टिकटको लागि उम्मेदरको राजनीतिक छवी, पार्टी भित्रको लागनी, सकृयता, लेकप्रियता, विश्वसनियता, लवी सहित अनेक पक्ष–विपक्ष, तर्क–वितर्कलाई ध्यानमा राखि टिकट दिइने परम्परा रहेपनि विरेन्द्र अरु भन्दा अब्बल नै मानिनेछ । उनी कक्षा ६ मा पढ्दा नै नेपाली काँग्रेसका नेताहरुले उनलाई काँग्रेसको बाटेमा डर्याएका थिए । विरेन्द्र कक्षा ६ देखि ने राजनीतिक यात्रा शुरु गरेका हुन् ।

कक्षा –६ मा पढ्दा हसन्दह बाल क्लबका अध्यक्ष रहेका बीरेन्द्र सामाजिक कार्यमा निकै सकृय थिए । प्रखर बक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका बीरेन्द्रलाई नेपालि काँग्रेसका नेताहरुले अमरदह स्थित श्री बीरेन्द्र सार्वजानिक मा।बि।को नेबिसंघ सचिबको रुपमा मनोनित गरे ।

विरेन्द्र नेबिसंघमा रहँदा बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भए । उनी उमेरले सानै भएपनि क्याम्पस पढ्ने बिद्यार्थीहरुको समस्या समेत समाधान गरे । कक्षा ८ मा पढ्दा नै नेविसंघ मोरङ क्षेत्र २ को क्षेत्रीय सचिवमा समेत निर्वाचित भए । आफ्नो विचार राख्ने कुशलता र भाषणले गर्दा त्यती बेलै लोकप्रियता पाएका विरेन्द्र कक्षा ९ मा पढ्दा नेपालि काँग्रेस अमरदहको क्रियासिल सदस्यको मान्यता पाए । किशोरा अवस्थामा नै पार्टीको क्रियासील सदस्यता पाएका विरेन्द्र कक्षा १० मा पढ्दा नेपालि काँग्रेस अमरदह गाबिसको सह सचिबको रुपमा मनोनित भए । स्थानिय राजनीतिमा आफ्नो प्रभाव जमाउन सफल रहेको विरेन्द्र सह सचिब भएपनि सचिब सरह नै हरेक कार्यक्रम सजालन गर्ने तथा नेता कार्यकर्ता र जनताको मन जित्न सफल भए । त्यतिबेला देखि नै उनको लोकप्रियता बढ्दै गएको छ ।

गत स्थानिय निर्वाचनमा समेत बीरेन्द्रले सुनवर्षि नगरपालिका वडा नं। २ बाट वडा अध्यक्षको रुपमा पार्टीभित्र आफ्नो दाबी पेश गरेका गरेका थिए । पार्टीमा अन्य ६ जना सहित ७ जनाको नाम वडा अध्यक्षको रुपमा सिफारिस हुँदा विरेन्द्रको नाम १ नम्वरमा थियो । तर, पछि पार्टीका अग्रज नेता तथा कार्यकर्ताहरुले अगामी निर्वाचनमा तिमी उम्मेदवारी दिनु, यसपालि आफ्नो उम्मेदावरी फिर्ता लिन भनेर विशेष आग्रह गर्दा विरेन्द्रले आफ्नो दाबेदारी फिर्ता लिएका थिए ।

आफ्नो उम्मेदवारी फिर्ता लिए पनि विरेन्द्रले काँग्रेसका उम्मेदवारहरुलाई जिताउन अहोरात्र मिहनेत गरे । प्रयः नगरक्षेत्रमा भएकाम हरेक चुनावी कार्यक्रम विरेन्द्रले नै संचालन गरेका थिए । घरदैलो सहित हरेक कार्यक्रममा उनी सहभागी हुन्थे । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समेत उनी सकृयताका साथ आफ्नो उतरदायित्व निर्वहन गरे ।

बिरेन्द्र कुमार साह राजनीतिक, सामाजिक, पत्रकारिता सहित हरेक क्षेत्रमा सकृय छन् । दर्जनौं संस्थामा आबद्ध रहेका छन् । उनको कार्यकौशलता सामाजिक, साँस्कृतिक र विकासोन्मुख भावनाले नै उनलाई लोकप्रिय बनाएका छन् ।

२०७८ असार ११ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...