back

अक्सिजन अभावको कारण पोखरामा ७ जनाको मृत्यु

पोखरा । पोखरामा अक्सिजन अभावका कारण ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पतालको भनाइ छ ।

क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको माग बढेको र उद्योगबाट पर्याप्त अक्सिजन आउन नसक्दा समस्या भएको हो ।

अक्सिजनको हाइ फ्लो ​ चाहिने विरामीको चाप बढेपछि बिहिबार बिहान देखि तीन सय ८० वटासम्म सिलिन्डर २४ घन्टामा चाहिन थालेको छ । प्रदेशकै ठूलो सरकारी अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखराका निजी उद्योगबाट अक्सिजनको जोहो गर्दै आएको छ ।

कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चलेका थियो । अक्सिजनको अभावका कारण तनहुँका ३ जना, म्याग्दी, पर्वत, पोखरा र स्याङ्जाका १÷१ जनाको ज्यान गएको हो ।

कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालका डा. डेभिड श्रेष्ठले अक्सिजन उद्योगबाट माग अनुसार अक्सिजन नपाउँदा समस्या भएको बताए ।

२०७८ जेठ १४ गते प्रकाशित


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...