back
nactional

अक्सिजन अभावको कारण पोखरामा ७ जनाको मृत्यु

पोखरा । पोखरामा अक्सिजन अभावका कारण ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पतालको भनाइ छ ।

क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको माग बढेको र उद्योगबाट पर्याप्त अक्सिजन आउन नसक्दा समस्या भएको हो ।

अक्सिजनको हाइ फ्लो ​ चाहिने विरामीको चाप बढेपछि बिहिबार बिहान देखि तीन सय ८० वटासम्म सिलिन्डर २४ घन्टामा चाहिन थालेको छ । प्रदेशकै ठूलो सरकारी अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखराका निजी उद्योगबाट अक्सिजनको जोहो गर्दै आएको छ ।

कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चलेका थियो । अक्सिजनको अभावका कारण तनहुँका ३ जना, म्याग्दी, पर्वत, पोखरा र स्याङ्जाका १÷१ जनाको ज्यान गएको हो ।

कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालका डा. डेभिड श्रेष्ठले अक्सिजन उद्योगबाट माग अनुसार अक्सिजन नपाउँदा समस्या भएको बताए ।

२०७८ जेठ १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:०३

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स...

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...