back

गाजा पट्टीमा युद्धविराम

काठमाडौँ । प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ ।

दुई पक्षबीचको युद्धविराम बिहीबार राति २ बजेदेखि लागू भएको थियो । युद्धविरामको घोषणासँगै प्यालेस्टिनी नागरिक खुशीले मध्यरातमै गाजाका सडकमा निस्किएका थिए ।

गाजा पट्टीमा सक्रिय हमास समूहका लडाकू विरुद्ध आक्रामक कारबाही गरेको इजरायलले संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायको बारम्बारको अनुरोधलाई स्वीकार्दै युद्धविराम गरेको हो ।
हमास समूहको शक्तिलाई निस्तेज नपार्दासम्म जारी आक्रमण नरोक्ने भन्दै इजरायली सेनालाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले निर्देशन दिइरहेका थिए ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २३० जनाको मृत्यु भएको छ जसमा ६५ जना बालबालिका र ३९ जना महिला छन् । आक्रमणबाट एक हजार ७१० जनाभन्दा बढी घाइते भएका छन् । हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १३० जना हमास लडाकू मारिएको दाबी गरेको छ ।

इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी बिस्थापित भएका छन् ।

इजरायलतर्फ पाँच वर्षका एक बालक सहित १२ जनाको मृत्यु भएको छ ।

इजरायली आक्रमणबाट कम्तमिा १८ वटा अस्पताल र क्लिनिकमा क्षति पुगेको छ भने एउटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो युद्ध शुरु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरेका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई एक हप्ताको अन्तरालमा चार पटक फोन गरी युद्धबिराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गर्नु भएको थियो । आर्थिक रुपमा जर्जर एवं इजरायली नाकाबन्दीका कारण जनजीवन कष्टप्रद रहेको गाजा पट्टीमा पछिल्लो युद्धका कारण मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि युद्धबिराम गराउन चौतर्फी दबाब बढेको थियो ।

इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि शुरु भएको हो । पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्त पश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमास विरुद्ध कारबाही थालेको थियो ।

अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टिनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो ।

त्यसयता, इजरायलले सयौं हवाई हमला गरिसकेको छ । इजरायलको भनाईमा यी आक्रमणहरु हमासका सबै किसिमका पूर्वाधार ध्वस्त बनाउन केन्द्रित रहेको छ । हमासले पनि चार हजारभन्दा बढी क्षेप्यास्त्रहरु इजरायलतर्फ प्रहार गरेको जनाएको छ ।

सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायल विरुद्ध प्रदर्शनहरु भएका थिए । यद्यपी पछिल्लो युद्धबिराम चाँडै गरेको भन्दै इजरायली दक्षिणपन्थीहरुले प्रधानमन्त्री नेतन्याहूको आलोचना गर्न थालेका छन् ।

गाजामा हमासका प्रवक्ता अब्देलतिफ अल–कानोले इजरायलले गरेको युद्धबिरामको घोषणालाई “पराजयको घोषणा” भनेका छन् । तैपनि उनले सम्झौतालाई आफूहरुले सम्मान गर्ने बताए ।
प्यालेस्टिनी जनताले भोग्नु परेको समस्यामा संयुक्तराज्य अमेरिकाको बाइडेन प्रशासनले आर्थिक सहायता गर्ने घोषणा पनि गरेको छ ।

२०७८ जेठ ७ गते प्रकाशित


melung
सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : यस्तो छ सरकारको ६ महिनाको समीक्षा

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : यस्तो छ सरकारको ६ महिनाको समीक्षा

वि.सं.२०८० असार १३ बुधवार १४:०१

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफको क्रममा उनले...