back

बीमा समिति ५३औं वर्षमा प्रवेश: बीमा सम्बन्धी प्रचारात्मक, प्रवर्द्धनात्मक र सचेतनामूलक कार्यहरु गर्न महत्वपूर्ण भूमिका रहने

काठमाडौं । नेपालको बीमा नियमनकारी निकाय बीमा समिति  स्थापनाको ५२ औं वर्ष पुरा गरी ५३ औं वर्षमा प्रवेश गरेको छ ।

कोभिड- १९ को महामारीमा यो वर्ष कुनै पनि औपचारिक कार्यक्रम नराखिएको बीमा समितिले बताएको छ ।

गत वर्ष भने बीमा समितिले भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाएको थियो  ।

सो अवसरमा  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको उद्देश्य र जिम्मेवारीलाई सशक्त ढंगले अघि बढाउन सहयोग गर्ने सवै पक्षलाई  धन्यवाद दिएका छन् ।

साथै उनले शुभकामना सन्देशमा समितिको काम कार्यवाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सरकारका विभिन्न निकायहरु, वित्तीय क्षेत्रका नियामक निकायहरु, बीमा कम्पनीहरु, बीमासंग सम्बन्धित सरोकारवालाहरु, अन्तरराष्ट्रिय वित्तीय संस्थाहरु तथा शुभेच्छुकहरु प्रति पनि आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

बीमा क्षेत्र बहुआयामिक प्रकृतिको भएको हुँदा बीमा क्षेत्रले आफ्नो क्षेत्रको साथै अर्थ व्यवस्थाका सबै क्षेत्रको जोखिमसमेत बहन गनुपर्ने भएकोले विपद्रजोखिम व्यवस्थापनमा बीमा क्षेत्र बढी संवेदनशील हुनु पर्ने उनको भनाइ छ ।

हाल विश्वव्यापि महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको कोभिड –१९ संक्रमण बढेसँगै बीमा व्यवसायलाई नियमित एवं विकसित गर्न थप चुनौती बढ्दै गएको भन्दै उनले समग्र बीमा क्षेत्रको विकास र विस्तारको कार्यसँगै बीमितको हकरहित संरक्षणलाई केन्द्रमा राखी बीमा सम्बन्धी प्रचारात्मक, प्रवर्द्धनात्मक र सचेतनामूलक कार्यहरु गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

२०७८ जेठ १ गते प्रकाशित ।

nactional life
Corporatebazar 11 Anniversary

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:२९

काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र...

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:१२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक समीक्षा र...

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

वि.सं.२०८३ वैशाख १४ सोमवार १७:४४

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्र गम्भीर संरचनात्मक चुनौतीबाट गुज्रिरहेको ठहर...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...