back

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : माधवकुमार नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका छन् ।

बिहीबार र शुक्रबार ओलीसँग भएको छलफलबारे शुक्रबार ‘जुम’ बैठकमार्फत जानकारी गराउँदै उनले ‘कार्यदल गठनसहित विवाद समाधान गर्ने सहमति भएको’समेत प्रस्ट पारे ।

ओलीले २८ फागुनको निर्णय खारेज गरेर २ जेठ २०७५ मा जाने प्रतिबद्धता जनाएपछि कार्यदल बनाउने सहमति जुटेको हो ।

शुक्रबारको छलफलअनुसार शनिबार बिहानसम्म कार्यदल सदस्य टुंगो लगाउने सहमति भए पनि त्यसो भने हुन सकेन ।
एमाले सचिव गोकर्ण विष्टका अनुसार शनिबार साँझसम्म पनि कार्यदल सदस्य टुंगो लागेन ।

एमाले विवाद समाधान गर्न शुक्रबार सिंहदरबारमा बसेको ओली–नेपाल समूह छलफलमा रामबहादुर थापा ‘बादल’को सहभागिताप्रति समेत केन्द्रीय सदस्यले आपत्ति जनाए । बादल माओवादी केन्द्रबाट एमाले प्रवेश गरे पनि २ जेठ २०७५ को अवस्थामा उनी एमाले नभएकाले उनीहरूले आपत्ति जनाए ।

कार्यदल बनाएर माओवादी केन्द्रबाट आएकालाई जिम्मेवारी दिनेमा दुवै समूह नेता सहमत भए पनि छलफलमा ओलीले बादललाई सहभागी गराएपछि नेपाल समूहका नेताले आशंका व्यक्त गरेका छन् ।

एमाले केन्द्रीय सदस्य राजेन्द्र राईले सहमतिका नाममा अल्मल्याउने नीति रहेकाले सचेत हुनुपर्ने बताए । कार्यदल बनाएर छिट्टै समस्या समाधान नभएको अवस्थामा फेरि मनोमानी गर्न खोज्ने भएकाले नयाँ दल गठन प्रक्रिया अघि बढाउन नै उपयुक्त हुने सुझाव उनको छ ।

‘सहमति गरेर पार्टी एकता जोगाउने कुराको विरोधी हामी होइनौं तर गठन भइसकेका कमिटी व्यवस्थापनका साथै नेताको सम्मानजन जिम्मेवारी नदिएर अल्मल्याउने खेल पो हु“दै छ कि भन्नेतर्फ सचेत हुनैपर्छ,’ राईले भने, ‘नेताको सम्मानजक व्यवस्थापन नहुने र अल्मल्याउने खेल हुने हो भने नयाँ दल गठन गरेर अघि बढ्दा राम्रो हुनेछ ।’

एमालेको झगडा मिलाउन बादलको कुनै आवश्यकता नभएको बताउँदै उनले विवाद समाधानपछि उनीस“गै पार्टीको काम गर्न सकिने बताए ।

ओली र नेपालबीच हुने छलफलमा अहिले बादलको आवश्यकता नभएको तर ओलीले छलफलमा लिएर आउनुको पछाडि २ जेठमा फर्किन नचाहेको पुष्टि हुने उनको आँकलन छ ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अघि एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ । तर, आफूलाई सहयोग गर्दै आएका पूर्वमाओवादी केन्द्रका नेतालाई पार्टीमा जिम्मेवारी दिनुपर्ने अडानमा ओली छन् ।

नेपाल समूहले २ जेठ २०७५ को पार्टी कमिटी बैठक राखेर एमाले प्रवेश गरेकालाई सहभागी गराउन सकिने मध्यमार्गी सुझाव दिँदै आएको छ ।

एमाले केन्द्रीय सदस्य दिलु पन्तले स्वार्थ पूरा गर्न जस्तोसुकै सहमति गर्ने अध्यक्षले पूरा भएपछि उल्लंघन गर्न सक्ने’ आरोप लगाइन् । यो समाचार राजाधनी दैनिकमा छ ।

२०७८ जेठ २ गते प्रकाशित ।
nactional life
Corporatebazar 11 Anniversary

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...