back

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ ।
केही दिनदेखि कोभिड संक्रमित व्यक्तिको संख्यामा लगातार कमी आए पनि मृत्यु भएका व्यक्तिको दैनिक संख्यामा खासै कमी आएको छैन । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको अनुमान गरिए पनि देशका सबैजसो भागका स्वास्थ्य संस्थाले गम्भीर सङ्कटको सामना गर्नु परिरहेको छ ।

भारतीय सञ्चार माध्यमहरुले देशका विभिन्न भागमा मानिसहरु अक्सिजन, औषधि, बेड र अस्पतालमा भर्ना हुन नपाएर बाटामै मानिसको मृत्यु भएका दर्दनाक तस्वीर र भिडियो प्रकाशन प्रशारण गरिरहेका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख ४८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार पुगेको छ ।

यसैबीच, कोभिड–१९ को महामारीका कारण २४ घण्टामा थप ४ हजार २०५ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार १९७ जना पुगेको मन्त्रालयले जनाएको छ । भारतमा हाल ३७ लाख ४ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् जुन अघिल्लो दिनभन्दा करिब ११ हजारले कमी हो । हालसम्म एक करोड ९३ लाख ८२ हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन गरेका छन् । कोरोनाभाइरसको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ ।

मन्त्रालयका अनुसार गत जनवरीबाट शुरु भएको खोप अभियान मार्फत् हालसम्म १७ करोड ५० लाख व्यक्ति लाभान्वित भएका छन् । गत मे १ तारिखबाट शुरु भएको तेस्रो चरणको खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप दिन थालिएको छ । यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोभिडको हालसम्म ३० करोड ७५ लाख नमुना परीक्षण गरिएको जनाएको छ ।

विश्वभर कोभिडबाट ३३ लाख ३१ हजारको मृत्यु

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीका कारण विश्वभर ३३ लाख ३१ हजार व्यक्तिको मृत्यु भएको छ । कूल १६ करोड ४ लाख व्यक्ति कोरोना संक्रमित भएकामा करिब १३ करोड ८१ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । साथै, करिब एक लाख व्यक्ति विश्वभर गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेका छन् ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म ५ लाख ९६ हजार ९४६ जनाको मृत्यु भएको छ । त्यसपछिका निकै असर परेका मुलुकहरुमध्ये ब्राजिलमा ४ लाख २५ हजार, भारतमा २ लाख ५४ हजार, मेक्सिकोमा २ लाख १९ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २३ हजार, रसियामा १ लाख १३ हजार र फ्रान्समा १ लाख ६ हजार व्यक्तिको मृत्यु भएको छ । युरोप र उत्तर अमेरिकामा कोभिड–१९ विरुद्धको खोप अभियान तिब्र पारिएसँगै कोरोनाभाइरसको संक्रमण र मृत्युदर दुबैमा कमी आएको छ ।२०७८ वैशाख २९ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०५

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य...

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

वि.सं.२०८३ साउन २० बुधवार १७:१२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

वि.सं.२०८३ साउन २० बुधवार १४:०४

काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा निजी...

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०५

काठमाडौं । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन...

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

वि.सं.२०८३ साउन १८ सोमवार १४:५८

काठमाडौं ।  तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल...