“म केबल त्यो नर्स !”
वि.सं.२०७८ वैशाख २९ बुधवार
सेतो श्रृङ्गारमा सझेर
मायाको घुम्टो ओडेर
ममतालाई पोल्टोमा बेरेर
सेवामा केन्द्रित भएर हिड्ने
केबल त्यो नर्स !
कसैलाई सास्ती नदिन
आफुले सास्ती भोगेर
मुस्कानले दुःखद छेकेर
एप्रोनले बेदना ढाकेर
म सदैब बिरामीलाई खुशी तुल्याउन खोज्छु
हो, म केबल त्यो नर्स !!
सृष्टीमा आउदै गर्दा त सृष्टीनै छोंडी जादा
कोमल यि हातहरूले
मुस्कानका साथ स्वागत र अमिलो मन पारी बिदा गर्छु
हो, म केबल त्यो नर्स !!!
सरकारले हेला गरेको
मरो परिश्रमको मोल नबुझेको
त्यो नर्स,
हो, म केबल त्यो नर्स !!!!
विश्व नर्स दिवसको शुभकामना!
के तपाईलाई थाहा छ, नर्स के हो ?
के नर्स सेतो श्रृगारमा सजिएर मुसुक्क मुस्कुराउँदै आउने एक नारी मात्रै हो ? नर्सको परिचय यतिमात्र कदापी हैन । नर्स त त्यो हो जो बिहान, दिउँसो र राति नभनि बिरामीको आवस्यकता पूर्ति गर्न खटिरहेकी हुन्छे ।
जसले हजारौँ रोगको औषधि अरुलाई खुवाउँदा खुवाउँदा आफैले भोकको औषधि खान बिर्सिन्छे । सबैलाई समयमै खाना खानुपर्छ भन्दै गर्दा आफुले कतिबेला खाएको र कतिबेला खानेहो भन्ने कुराको यकिन नै गरेकी हुँदैने ।
स्वस्थ्य स्वास्थ्यको लागि घण्टा तोक्दै बिरामी र समाजलाई आवस्यक मात्रामा सुत्नुस भनेर सिकाउँदै गर्दा आफैले निर्धक्क निदाउन पाउँदिन । कहिले बिरामीको स्याहार गर्दा बिरामी र कुरुवाको भनाई सहजै सहन्छे त कहिले काँही सानो गल्ती हुँदा सिनियरको गालि सहन्छे ।
कहिले भर्खरै संसार देख्न आएको दिशा पिसाब सहितको बच्चा ति कोमल हातले समाउँछे त कैले मन अमिलो पारेर मृत शरिरलाई विदाई गर्छे ।
त्यसमाथि समाजले उनीलाई कहिलै आफु बनेर बाच्न दिएन सधै नर्स कै उपमा दियो ।
नर्स सम्म त ठिकै हो ‘छोरी बिग्रे नर्स’ भन्ने उखान नै तय गर्यो ।
उसलाई कति चोट पर्छ भनेर यो उखान गाउनेहरुले कहिलै सोच्न समेत सकेनन् कि आफुलाई टाउको दुख्दा त्यहि बिग्रेकीको सहयोग चाहिन्छ भनेर । कहिलै सोचेनन् कि बिग्रेकीको सल्लाह किन लिनु भनेर ।
‘नर्स’ उ पनि कसैकी छोरीचेली हो । उ पनि अरु जस्तै मान्छे हो । उसको मन हुन्छ, चाहनाहरु हुन्छन् अनि घरपरिवारप्रतिका जिम्मेवारी पनि । तर, उसले कहिलै ति जिम्मेवारी पुरा गर्ने मौका सहजै पाउँदिन तर पनि पुरा गरेरै छाड्छे ।
सायद उसले सोच्छे होला कहिले काँही आफ्नो घरपरिवारप्रतिको जिम्मेवार पुरा गर्न हम्मेहम्मे हुने मलाई समाजले बिग्रेर नर्स बनि भनेर सुहाउँदो नाम दिएको हो ।
तर यी सबै पिंडालाई धितो राखेर उसले सेतो कोट लागएकी हुन्छे । उ त्यसैमा गर्व गर्छे र मुसुक्क मुस्कुराउँदै भन्छे यो सेतो कोट भाग्यमानीले मात्र लगाउन पाउछ। लेखक – नर्स नम्रता गौतम धुलिखेल अस्पतालको दोलखा अस्पतालमा कार्यरत हुनुहुन्छ ।
भिडियो हेर्नुहोस् ।
२०७८ वैशाख २९ गते प्रकाशित ।
प्रकाशित समय : ०७:४७ बजे