back

उत्तम कार्की बने आइसीसी सदस्यका उम्मेदवार,यस्ता छन् कार्कीका प्रतिवद्दता

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनमा नर्दन क्यालिफोर्निया सनफ्रान्सिस्को बे एरिया निबासी उत्तम कुमार कार्की संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य पदका उम्मेदवार बनेका छन् ।

“कार्की पश्चिम अमेरिका नेपाली महासंघ वानाको वर्तमान अध्यक्ष, एन ए एन सि का पूर्व अध्यक्ष, नेपाली सामुदायिक केन्द्रका संस्थापक अध्यक्ष, बिभिन्न राष्ट्रिय स्तरका संस्थारुमा सल्लाहकार हुनाका साथै प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड २०१४ का गोल्ड मेडलिस्ट हुनाका साथै थुप्रै सम्मानपत्रहरु प्राप्त गरेका लोकप्रिय व्यत्ती हुन् ।”

एनआरएनए अन्तरास्ट्रिय समन्वय परिषद(NRNA ICC) २०२१-२०२३ अमेरिकाको आसन्न निर्वाचनमा आईसिसी पदका उमेदवार कार्की  फराकिलो सोचको साथ एनआरएनए सहभागी भई नेपाल र नेपालीको हक हित र अधिकारको निम्ति अगाडी बढिरहने प्रतिबध्दता ब्यक्त गर्दै आफुलाई अत्याधिक मतले विजयी गराउनु हुन सम्पूर्ण नेपालीहरु तथा एनआरएनए अभियान्तहरुलाई हार्दिक अपील समेत गरेका छन् ।

यस्ता छन् उत्तम कार्कीका प्रतिवद्दता

१.  नेपाली नागरिकताको निरन्तरता -एक पटकको नेपाली सधैंको नेपाली हुन्छ। हाम्रो जन्मजात अधिकारलाई कसैले पनि हनन गर्न पाईँदैन। सुरुमा यो अधिकारको आवाज उठेको तर अहिले आएर सिमित एन आर नागरिकताको प्रसङ्ग चलीरहेको छ। राजनैतीक अधिकार सहीत हाम्रो नेपाली नागरिकतालाई निरन्तरता दिईनु पर्छ भन्ने मुद्दालाई सम्बन्धित सबै सङ्ग सहकार्य गर्दै अभियान चलाउने छु।

२ . एन आर एन कार्ड तथा एन आर एन नागरिकताको नाममा नेपालमा सम्पत्ति किन्न र राख्न अन्यायपूर्ण, अव्यवहारिक र अनुपायुक्त रुपमा भाँजा हालिएको छ। नेपालमा सम्पत्ति किन्न र राख्न मौलिक नेपाली नागरिक सरह अधिकार हुनु पर्छ, सो अधिकारलाई बन्चित गर्नु र सिमित गर्नु हुँदैन। सम्पत्तिको हकको लागि आवाज बूलन्द पार्ने छु।

३. एनआरएनए एन सि सि यु एस ए तथा च्याप्टरका तथा आई सि सि को बिच पूल को काम गर्न सबै सङ्ग सवन्वयात्मक् भूमिका निभाउने छु।

४. एनआरएनले सुरु गरेका असल कार्यहरुको निरन्तरता दिन दिलो ज्यानले लागी पर्ने छु।

५. यी बाहेक देश काल परिस्थिती,समयको माग तथा जनवावाजलाई मध्यनजर गर्दै अन्य कार्यहरु गर्न पहल गर्ने छु।

 

nactional life
Corporatebazar 11 Anniversary

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

वि.सं.२०८२ चैत १२ बिहीवार १२:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन...