उत्तम कार्की बने आइसीसी सदस्यका उम्मेदवार,यस्ता छन् कार्कीका प्रतिवद्दता

वि.सं.२०७८ वैशाख २३ बिहीवार

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनमा नर्दन क्यालिफोर्निया सनफ्रान्सिस्को बे एरिया निबासी उत्तम कुमार कार्की संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य पदका उम्मेदवार बनेका छन् ।
“कार्की पश्चिम अमेरिका नेपाली महासंघ वानाको वर्तमान अध्यक्ष, एन ए एन सि का पूर्व अध्यक्ष, नेपाली सामुदायिक केन्द्रका संस्थापक अध्यक्ष, बिभिन्न राष्ट्रिय स्तरका संस्थारुमा सल्लाहकार हुनाका साथै प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड २०१४ का गोल्ड मेडलिस्ट हुनाका साथै थुप्रै सम्मानपत्रहरु प्राप्त गरेका लोकप्रिय व्यत्ती हुन् ।”
एनआरएनए अन्तरास्ट्रिय समन्वय परिषद(NRNA ICC) २०२१-२०२३ अमेरिकाको आसन्न निर्वाचनमा आईसिसी पदका उमेदवार कार्की फराकिलो सोचको साथ एनआरएनए सहभागी भई नेपाल र नेपालीको हक हित र अधिकारको निम्ति अगाडी बढिरहने प्रतिबध्दता ब्यक्त गर्दै आफुलाई अत्याधिक मतले विजयी गराउनु हुन सम्पूर्ण नेपालीहरु तथा एनआरएनए अभियान्तहरुलाई हार्दिक अपील समेत गरेका छन् ।
यस्ता छन् उत्तम कार्कीका प्रतिवद्दता
१. नेपाली नागरिकताको निरन्तरता -एक पटकको नेपाली सधैंको नेपाली हुन्छ। हाम्रो जन्मजात अधिकारलाई कसैले पनि हनन गर्न पाईँदैन। सुरुमा यो अधिकारको आवाज उठेको तर अहिले आएर सिमित एन आर नागरिकताको प्रसङ्ग चलीरहेको छ। राजनैतीक अधिकार सहीत हाम्रो नेपाली नागरिकतालाई निरन्तरता दिईनु पर्छ भन्ने मुद्दालाई सम्बन्धित सबै सङ्ग सहकार्य गर्दै अभियान चलाउने छु।
२ . एन आर एन कार्ड तथा एन आर एन नागरिकताको नाममा नेपालमा सम्पत्ति किन्न र राख्न अन्यायपूर्ण, अव्यवहारिक र अनुपायुक्त रुपमा भाँजा हालिएको छ। नेपालमा सम्पत्ति किन्न र राख्न मौलिक नेपाली नागरिक सरह अधिकार हुनु पर्छ, सो अधिकारलाई बन्चित गर्नु र सिमित गर्नु हुँदैन। सम्पत्तिको हकको लागि आवाज बूलन्द पार्ने छु।
३. एनआरएनए एन सि सि यु एस ए तथा च्याप्टरका तथा आई सि सि को बिच पूल को काम गर्न सबै सङ्ग सवन्वयात्मक् भूमिका निभाउने छु।
४. एनआरएनले सुरु गरेका असल कार्यहरुको निरन्तरता दिन दिलो ज्यानले लागी पर्ने छु।
५. यी बाहेक देश काल परिस्थिती,समयको माग तथा जनवावाजलाई मध्यनजर गर्दै अन्य कार्यहरु गर्न पहल गर्ने छु।

प्रकाशित समय : ०५:३९ बजे