back

के तपाई आईपीओ हाल्न तयारीमा हुनुहुन्छ ?, यी हुन् आईपीओ निष्काशनको तयारीमा रहेका २६ कम्पनी

काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि अनुमति माग्दै २६ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आज आवेदन दिएका छन् ।

हालसम्म २६ कम्पनीहरुले ७ अर्ब बढीको आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । बोर्डका अनुसार २० वटा हाइड्रोपावर कम्पनी,३ वटा माइक्रोफाइनान्स,२ वटा जीवन बीमा कम्पनी र १ वटा अन्य समुहका कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँ बराबरको ६ करोड ५९ लाख ४९ हजार २८९ कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका हुन् ।

त्यसमध्ये २० वटा हाइड्रोपावर कम्पनीहरुले ५ अर्ब ८ करोड ४१ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको ५ करोड ८ लाख ४१ हजार ७७४ कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका छन् ।

रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनी बाहेक सबैले आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका हुन् ।

रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई मात्रै आईपीओ निष्काशनको अनुमति मागेका छन् । यी दुई कम्पनीले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेका छन् ।

रसुवागढी हाइड्रोपावर कम्पनी ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता र सान्जेन जलविद्युत कम्पनीले ३६ लाख ५० हजार कित्ता बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गर्न माग गरेका छन् ।

यस्तै तीन लघुवित्तले ७ करोड २१ लाख ५८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख २१ हजार ५८६ कित्ता शेयर आईपीओ निष्काशन गर्नेछ ।

उपकार लघुवित्त वित्तीय संस्था,सिवाईसी नेपाल लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले सो बराबरको आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन्।

उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता, सिवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता र आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

यस्तै दुई जीवन बीमा कम्पनीहरुले एक अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्यारेन्सले सो बराबरको आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

रिलायवल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ थप गरी प्रतिकित्ता २१२ रुपैयाँको दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने छ ।

यस्तै आइएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ । डिस मिडिया नेटवर्कले करिब २४ करोडको रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।

बोर्डले अनुमति दिएपछि कम्पनीले २३ करोड ८५ लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्काशन गर्नेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

उपायको ठूलो फड्को: १ वर्षमै ५४% ले बढ्यो कारोबार, ५ हजार बढीलाई रोजगारी

उपायको ठूलो फड्को: १ वर्षमै ५४% ले बढ्यो कारोबार, ५ हजार बढीलाई रोजगारी

वि.सं.२०८३ साउन १० आइतवार १७:११

काठमाडौँ । नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा...

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

वि.सं.२०८३ साउन १० आइतवार १६:२८

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा...

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

वि.सं.२०८३ साउन १० आइतवार १२:२१

काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल पहिचान बनाइसकेकी उद्यमी श्रेषु आचार्य ले...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

वि.सं.२०८३ साउन १० आइतवार ११:४३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...