back

नेप्सेमा सामान्य अंकको करेक्सन हुँदा चार अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल धितोपत्र बजारमा मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको करेक्सन भएको छ । यो दिन नेप्से १.३८ अंकले घटेको छ भने चार अर्ब बराबरको कारोबार भएको हो ।

यो दिन कारोबारमा आएका २३० कम्पनी, बोण्ड तथा ऋणपत्रको ७४ लाख ३४ हजार पाँच सय ३७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार बराबरको कारोबार भएको छ ।

सकरात्मक सर्किट लागेका तीन कम्पनीः
यो दिन बोटलर्स नेपाल तराई, मनास्लु लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यो दिन बोटलर्स कम्पनीको प्रतिसेयर मूल्य एक हजार पचहत्तर रुपैयाँले बढेको हो । सोही रुपैयाँले बढेसँगै कम्पनीको प्रतिकित्ता ११ हजार आठ सय पच्चीस रुपैयाँ कायम भएको छ ।
त्यस्तै मनास्लुको आज अन्तिम मूल्य समायोजन १ हजार २१ मा भएको छ भने तेह्रथुमको ४ हजार उनान्चालिस रुपैयाँ कायम भएको हो ।

२५ करोडको हाराहारीमा कारोबार भएका कम्पनी
यो दिन दुई कम्पनीको सेयर कारोबार पच्चिस करोड बराबरीको कारोबार भएको छ । यो दिन महालक्ष्मी विकास बैंकको ७८ करोड ३९ लाख बढीको कारोबार भएको हो भने आइसीएफसी फाइनान्स कम्पनीको २४ करोड २८ लाख बढीको कारोबार भएको हो ।

त्यसैगरी यो दिन १०३ कम्पनीको सेयर मूल्य बढेको छ, ७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसैगरी हाईड्रोइलेक्ट्रिसिटि इन्भेष्टिमेन्ट तथा डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता ३५ रुपैयाँ गुमाएका छन् ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...