back

फोहोरबाट पनि मोहोर कमाउन सकिन्छ भन्ने उदाहरण हुन् बुद्धिमाया !

चितवन । चितवनको कालिका नगरपालिका २ पदमपुरकी बुद्धिमाया घले संघर्षमा नै सफलता हुन्छ भन्ने मान्यता राख्ने नारी हुन् । उनी लामोसमयदेखि हस्तकलाका सामाग्री उत्पादन गर्दै आएकी छिन् ।

हस्तकला व्यावसायमा स्थापित भईसकेकी घले अहिले ३२ वर्षकी भईन्, उनी १५ वर्षको उमेर देखि नै हस्तकलामा लागेकी थिईन् ।

कक्षा आठमा पढ्दा पढ्दै भागि विवाहमार्फत २०६० सालमा १५ वर्षको सानै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी बुद्धिमाया विवाह लगत्तै हस्तकला व्यवसायमा लागेको बताउँछिन् ।

नेपाली समाजमा विवाहपश्चात अझै पनि कति नारीहरु बाहिरको काम र व्यावसायमा जान धेरै कठिनाई छिचोल्नु पर्ने अवस्था छ । त्यसैगरी कलिलो उमेरमा विवाह गरेकी बुद्धिमायाले पनि आफुलाई यसैमा स्थापित गराउन लामो समय कडा मेहेनत र संघर्ष गरिन् । सानै उमेरमा विवाह गरेकी उनलाई पारिवारिक जिम्मेवारीले थिचोर्दा पढाईलाई समेत निरन्तरता दिन सकिनन् ।

तर दृढ इच्छाशक्ति र कडा परिश्रले उनले आफुर्लाइ हस्तकला क्षेत्रमा भने स्थापित गराएरै छाडिन् ।

हस्तकलामा लाग्नु अघि उनी गाउँघरमै कहिले मेलापात त कहिले पत्रीका बेच्ने तथा कहिले घरेलु मदिरा उत्पादन गर्न गर्दै रोजी रोटीका लागि अनेक संघर्ष गरिन् ।
अवरको खोजिमा भौतारीरहेकी परिश्रमि बुद्धिमायालाई सोही समय भाग्यले पनि साथ दियो । त्यहीबेलै २०६२ सालमा गाउँमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट धागो काट्ने चर्खा सम्बन्धि कार्यक्रम आयो । उनले पनि नाम टिपाईन् । उनकै नेतृत्वमा बुद्धज्योती जनजाती महिला समूह गठन भयो । सोही समूहबाट उनीसहित २० जना उक्त तालिममा सहभागी भए । राष्ट्रिय प्रकृतिक संरक्षण कोषले हस्तकलालाई तालिम सहित ५७ वटा गलैँचा बनाउने मेसिन सहयोग गरेको थियो ।

तालिम लिएपछि उनले फाट्ट फुट्ट रुपमा धागोको काम गर्न लागिन् । यसबीचमा उनी आँफै हस्तकला प्रशिक्षक बनिन् । उनले धेरै महिलाहरुलाई प्रशिक्षण दिईन् । तालिमपछि कोही पनि खाली हात बस्न नपरोस् भनेर उनले व्यवसायीक रुपमा नै हस्तकलाका सामाग्री उत्पादनको काम सुरु गरिन् ।

अहिले उनले अन्तराष्ट्रिय बजारमा व्यापार गर्न सक्ने गरी गलैँचा, ढाका, कार्पेट, उपहारका सामाग्री तथा ऊनको धागोलगायतका सामाग्रीहरु उत्पादन गर्छिन् ।
उत्पादित सामाग्रीहरु नेपालका बिभिन्न जिल्लाहरुसँगै विदेशसम्म पठाउछिन् । उनले उत्पादन गरेका सामग्रीहरु अमेरीका, चिन, थाइल्याण्ड, भारत तथा यूरोपेली राष्ट्रहरुमा माग हुने गरेका छन् ।

उनी भन्छिन् “व्यावसाय गर्न सुरुमै धेरै लागनी गर्नुपर्छ भन्ने पनि छैन काम नलाग्ने फोहोरहरुलाई संक्रलन गरेर फुल तथा अन्य आकर्षक उत्पादनका वस्तु निर्माण गर्न सकिन्छ ।”
कडा परिश्रम गर्ने हो भने फोहोरबाट पनि मोहोर कमाउन सकिन्छ भन्ने एक राम्रो उदाहरण हुन् बुद्धिमाया ।
यसरी व्यावसायमा लागेकी बुद्धिमायाले आफ्नो सपनालाई साकार पार्दै २०७० सालमा ५ लाखको लगानीमा बिएम हस्तकला प्रशिक्षण केन्द्र स्थापना गरिन् ।
आँफैले संस्था स्थापना गर्नु अघि भने उनी नाफाको सीमित केही प्रतिशतका आधारमा अन्यत्र नै काम गर्थिन् । आँफै प्रशिक्षक भएकोले तालिमपछि कुनै पनि महिला बेरोजगार बस्न नपरोस् भनेर उनलेसंस्था स्थापना गरेको बताउँछिन् ।
अहिले उनी सोही संस्थाबाट प्रशिक्षण दिन्छिन् । ‘सुरुमा म आँफैले लगानी गर्न सक्ने अवस्था थिएन । अरुले कच्चा पदार्थ किनिदिने र मैले त्यसबाट हस्तकलाका सामाग्री तयार गरेवापत प्रतिकिलो र प्रतिपिसको हिसाबले केही रकम पाउँथे’, उनी भन्छिन्, ‘त्यसरी नै पैसा जम्मा गर्दै जाँदा पाँच लाख पुग्यो । त्यही पैसा लगानी गरे ।’ अहिले उनको लगानी ५० लाख हाराहारीमा छ ।

उनले प्रत्यक्ष रुपमा अहिले पाँच जनालाई रोजगार दिएकी छिन् । अप्रत्यक्ष रुपमा भने गाउँका २८० जना महिलाले रोजगार पाएका छन् । गाउँमा २८० जना महिलालाई उनी कच्चा पदार्थ दिन्छिन् । उनीहरुले त्यसबाट हस्तकलाका बिभिन्न सामाग्री उत्पादन गरेपछि नाफाको केही प्रतिशत दिन्छिन् ।
उत्पादित गलैँचा तथा उपहारका सामाग्रीहरु नेपाल भन्दा पनि बाहिरी मुलुकमा बढी खपत हुने गरेको उनी बताउँछिन् । गलैँचाको कच्चा पदार्थमा खर्च बढी हुने तथा श्रम पनि बढी नै लाग्ने हुँदा महङ्गो पर्न जान्छ । गलैँचा महङ्गो पर्ने हुँदा नेपालमा भन्दा विदेशमा बढी खपत हुने उनी बताउँछिन् । अमेरीका, चिन, थाइल्याण्ड, भारत तथा यूरोपेली मुलुकमा गलैँचाको माग उच्च हुने गरेको छ ।

विश्वभर फैलिएको कोभिड महामारीमा पनि महिलाहरु आफ्नै घरमा सुरक्षित साथ आयआर्जनमा लागेका छन् । वुद्धिमायाले रोजगार दिएका महिलाहरु घरमै बसेर मासिक २४ हजारसम्म आम्दानी गर्छन् ।

पछिल्लो समय महामारीको रुपमा आएको कोभिड संक्रमणले उनलाई पनि प्रभावित बनायो । कोभिडअघि दुईसय बढीले उन बाट्ने काम गर्दै आएकोमा अहिले भने एक सय ५० जति संलग्न रहेको उनको भनाई छ । तर कोभिडका कारण माग अनुसार कच्चा पदार्थ व्यवस्थापन गर्न नसक्दा जनशक्ति केही घटेको हो । त्यस्तै गलैँचा बुन्ने ७० जना, ढाका बनाउने १४ जना र उपहारका बिभिन्न सामाग्री बनाउने २० जनाले अहिले निरन्तर काम गरिरहेका छन् ।
कोभिड अघि सबै खर्च कटाएर मासिक तीन लाखसम्म आम्दानी गर्ने उनी अहिले भने मासिक एक लाख ५० हजारसम्म आम्दानी गर्छिन् । बजारको माग अनुसार हस्तकलाका सामाग्रीहरु उत्पादन गर्छिन् । ‘सामाग्री तयार गर्नु अघि बजार खोज्छु, उनी भन्छिन्, माग के कती छ त्यही अनुसार मात्रै उत्पादन गर्छु ।’
यसो त नेपालमा हस्तकला सामग्रीको बजार अझै पनि विस्तार हुन नसकेको उनको बुझाई छ । मानिसहरुले हस्तकलाका सामाग्रीहरुको महत्व अझै पनि नबुझेको उनी बताउँछिन् । जसले गर्दा उत्पादित वस्तुहरु विदेशमा नै निर्यात गर्नुपर्ने हुन्छ ।

हस्तकलाले देशको अर्थतन्त्रमा टेवा पुराइरहँदा सरकारको ध्यान भने यो क्षेत्रमा नगएको उनले अनुभुति गरेकी छिन् । कोभिडको चपेटोमा पर्दा अन्य क्षेत्रलाई विभिन्न अनुदा दिएपनि हस्तकलालाई भने अनुदानका कार्यक्रम नल्याएकोमा भने उनी दुखेसो पोख्छिन् ।

लामो कसरतपछि यस पटक भने स्थानीय सरकारले चार लाख बराबरको ढाका बनाउने मेसिन उपलब्ध गराएको उनी बताउँछिन् । ‘अनुदानका लागि स्थानीय सरकारदेखि मन्त्रालयसम्म धेरै पटक धायौं, हाम्रो लागि शिर्षक नै मिल्दैन भनेर फर्काउँछन्, उनी भन्छन्, यस पटक भने स्थानीय सरकारले चार लाख बराबरको ढाका बनाउने मेसिन दिएको छ ।’ सिप सिकेर आँफै रोजगार बन्नु अघि घर चलाउन धौ धौ परेका दिनहरु उनी अझै सम्झिन्छिन् । घाम पानी नभनी दिनभर खटिदा समेत समस्या नै समस्यामा अल्झिनुपरेको बताउँछिन् । ति संघर्षका दिनहरुले धेरै गहिरो पाठ भने सिकाएको छ उनलाई । सिप र र ज्ञानबीना हचुवाको भरमा हरेक क्षेत्रमा परिश्रमको लागनी गरेर मात्रै फल प्राप्त नहुने उनको भनाई छ ।

उनले हस्तकला बाहेक उनले चुल्हो बनाउने, बाख्रा पालन लगायतका तालिम पनि लिएकी छिन् ।
उनी महिलाहरुलाई आत्मनिर्भरको बाटो रोज्न सुझाव दिन्छिन् । सिप सिकेर रोजगार बन्न उनी सबैलाई आग्रह गर्छिन् । हातमा सिप भए थोरै लागानीमा पनि स्वरोजगार बन्न सकिने उनको भनाई छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४९

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको...

बढ्दै मानव बेचबिखनका नयाँ स्वरूप : साइबर स्क्यामिङदेखि वैदेशिक रोजगारीको प्रलोभनसम्म

बढ्दै मानव बेचबिखनका नयाँ स्वरूप : साइबर स्क्यामिङदेखि वैदेशिक रोजगारीको प्रलोभनसम्म

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:५७

काठमाडौं । मानव बेचबिखनका स्वरूप बदलिँदै गएका छन् । परम्परागत...

‘हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पत्ता नलगाए, क्यान्सरको जोखिम हुन सक्छ’

‘हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पत्ता नलगाए, क्यान्सरको जोखिम हुन सक्छ’

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:०४

काठमाडौं । कलेजोको सिरोसिस र क्यान्सरसम्म निम्त्याउन सक्ने हेपाटाइटिस ‘बी’...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...