back

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर जुनियर अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर सुपरभाइजरका लागि केही संख्या र रिलेसनसीप म्यानेजरका लागि १ जना गरी एकैपटक ४ जना कर्मचारी माग गरेको हो ।

बैंकले चिफ फाइनान्स अफिसरका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको प्रगतिशील अनुभवसहितको योग्य सीए वा एसीसीए पेसामा काम गरेको हुनुपर्नेछ। साथै, उम्मेदवारहरूसँग नेपाल वित्तीय प्रतिवेदन मानको राम्रो ज्ञान हुनुका साथै तथ्याङ्क विश्लेषण, वित्तीय प्रतिवेदन तयार पार्ने कार्य, लेखा र करसम्बन्धी विषयमा बलियो दक्षता हुनुपर्नेछ।

त्यस्तै, ब्रान्च म्यानेजर र रिलेसनसीप म्यानेजरमा आवेदन दिनका लागि आवेदकहरूसँग कम्तीमा स्नातक तहको शैक्षिक योग्यता हुनुपर्नेछ, जबकि अफिसर स्तरका पदहरूका लागि स्नातकोत्तर तहको योग्यतालाई प्राथमिकता दिइनेछ।

ब्रान्च म्यानेजर सुपरभाइजरका लागि आवेदकहरूसँग कम्तीमा पाँच वर्षको बैंकिङ्ग अनुभव हुनुपर्नेछ, विकास बैंक वा वाणिज्य बैंकमा शाखा प्रबन्धकको रूपमा कम्तीमा दुई वर्ष काम गरिसकेका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। उमेरको हदमा म्यानेजर स्तरका अवेदकहरुमा ४५ वर्षभन्दा कम हुनेपर्नेछ। त्यस्तै, अफिसर स्तरको आवेदकमा ४० वर्षभन्दा कम र सुपरभाइजरको आवेदकका लागि ३५ वर्षभन्दा कम उमेर भएका आवेदकहरू आवेदन दिन सक्नेछन्। उक्त पदहरूका लागि सम्बन्धित विषयमा शैक्षिक योग्यता हासिल गरी सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएका इच्छुक तथा योग्यता पुगेकाले साउन २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३४

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न संस्थाका पदाधिकारीका...

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:०२

काठमाडौं । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय...

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३२

काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:१८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका...

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:३१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना...