back
nactional

नेपाली कामदारहरुलाई छरितो माध्यमबाट जापान पठाउन चाहेका छौं: श्रम मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता यूताका बीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा दुई पक्षिय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल गरिएको हो । छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए । यसै सन्दर्भमा जापान नेपाली श्रमिकको लागि आकर्षण र सुरक्षित गन्तब्यको रुपमा धेरै नेपालीहरुको चासो रहेको पनि बताए ।

उनले विगतमा नेपाल र जापान बिच कामदारहरु लैजाने सम्बन्धमा भएका सम्झौताहरुको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइरहेको मन्त्री अर्यालले बताए ।

त्यस्तै, नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोग समेत गरी जापानी दुतावासको समेत समन्वयमा छिटो छरितो माध्यमबाट नेपाली कामदारहरु जापान पठाउन चाहेको उनले बताए ।

साथै मन्त्री अर्यालले आन्तरिक रोजगारीको उपयुक्त वातावरण सृजना गरी नेपालमा नै अवसरहरु उपलब्ध गराएर नेपाली युवालाई नेपालमा नै बसेर काम गर्न सक्ने अवस्था बनाउने नेपाल सरकारको प्राथमिकता रहेको बताए । यसका लागि रोजगारदाता र रोजगारीको खोजी गरी रहेका नेपाली बीच मध्यस्थताको काम गर्ने गरी सातै प्रदेशमा रोजगार मेला आयोजना गर्न लागिएको पनि जानकारी दिए ।

स्वदेशमा नै रोजगारीका अवसरहरु उपलब्ध गराउने र त्यस्ता अवसरहरु पर्याप्त रुपमा उपलब्ध नभएको अवस्थामा निश्चित भाषा सीप सिकेर अनुकुल मौसम, एवम् काम गर्ने सुरक्षित वातावरण भएका जापान जस्ता मुलुकमा नेपालीहरु रोजगारीको लागि जाउन भन्ने सरकारको मनसाय रहेको समेत उनले बताए ।

त्यस्तै, भेटमा जापानी राजदूत किकुता यूताकाले नेपाल जापान श्रम सम्बन्धका विविध बिषयमा यसरी खुल्ला छलफल गर्न पाएकोमा मन्त्री अर्याललाई धन्यवाद दिए । साथै यस बिषयमा थप सहजीकरण गर्न जापानी दुतावास तयार रहेको बताए ।

दिर्घकालमा नेपाली युवाहरुलाई नेपालमा नै रोजगारीका अवसरहरु उपलब्ध हुन सकेमा नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउँदै वैदेशिक रोजगारका अवसरहरु अल्पकालका लागि मात्रै उपयुक्त विकल्प भएको बताए ।

साथै जापान सरकारले जापानबाट फर्किएका नेपालीहरुले नेपाल भित्र नै रोजगारी एवम् उद्यमशीलता प्रवद्र्धन गर्न बिषेश कार्यक्रम पनि सञ्चालन गरेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल फाइनान्समा रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ?

नेपाल फाइनान्समा रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ?

वि.सं.२०८३ साउन २८ बिहीवार १४:५८

काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमाः ५ जनाको नाम ‘सर्टलिस्ट’मा

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमाः ५ जनाको नाम ‘सर्टलिस्ट’मा

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२४

काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

वि.सं.२०८३ साउन १२ मंगलवार १५:४२

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को...

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न चार पदका लागि कर्मचारी...