back

नेपाली कामदारहरुलाई छरितो माध्यमबाट जापान पठाउन चाहेका छौं: श्रम मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता यूताका बीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा दुई पक्षिय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल गरिएको हो । छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए । यसै सन्दर्भमा जापान नेपाली श्रमिकको लागि आकर्षण र सुरक्षित गन्तब्यको रुपमा धेरै नेपालीहरुको चासो रहेको पनि बताए ।

उनले विगतमा नेपाल र जापान बिच कामदारहरु लैजाने सम्बन्धमा भएका सम्झौताहरुको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइरहेको मन्त्री अर्यालले बताए ।

त्यस्तै, नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोग समेत गरी जापानी दुतावासको समेत समन्वयमा छिटो छरितो माध्यमबाट नेपाली कामदारहरु जापान पठाउन चाहेको उनले बताए ।

साथै मन्त्री अर्यालले आन्तरिक रोजगारीको उपयुक्त वातावरण सृजना गरी नेपालमा नै अवसरहरु उपलब्ध गराएर नेपाली युवालाई नेपालमा नै बसेर काम गर्न सक्ने अवस्था बनाउने नेपाल सरकारको प्राथमिकता रहेको बताए । यसका लागि रोजगारदाता र रोजगारीको खोजी गरी रहेका नेपाली बीच मध्यस्थताको काम गर्ने गरी सातै प्रदेशमा रोजगार मेला आयोजना गर्न लागिएको पनि जानकारी दिए ।

स्वदेशमा नै रोजगारीका अवसरहरु उपलब्ध गराउने र त्यस्ता अवसरहरु पर्याप्त रुपमा उपलब्ध नभएको अवस्थामा निश्चित भाषा सीप सिकेर अनुकुल मौसम, एवम् काम गर्ने सुरक्षित वातावरण भएका जापान जस्ता मुलुकमा नेपालीहरु रोजगारीको लागि जाउन भन्ने सरकारको मनसाय रहेको समेत उनले बताए ।

त्यस्तै, भेटमा जापानी राजदूत किकुता यूताकाले नेपाल जापान श्रम सम्बन्धका विविध बिषयमा यसरी खुल्ला छलफल गर्न पाएकोमा मन्त्री अर्याललाई धन्यवाद दिए । साथै यस बिषयमा थप सहजीकरण गर्न जापानी दुतावास तयार रहेको बताए ।

दिर्घकालमा नेपाली युवाहरुलाई नेपालमा नै रोजगारीका अवसरहरु उपलब्ध हुन सकेमा नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउँदै वैदेशिक रोजगारका अवसरहरु अल्पकालका लागि मात्रै उपयुक्त विकल्प भएको बताए ।

साथै जापान सरकारले जापानबाट फर्किएका नेपालीहरुले नेपाल भित्र नै रोजगारी एवम् उद्यमशीलता प्रवद्र्धन गर्न बिषेश कार्यक्रम पनि सञ्चालन गरेको बताए ।


एनएमबि लघुवित्तले कर्मचारी माग्यो

एनएमबि लघुवित्तले कर्मचारी माग्यो

वि.सं.२०८२ वैशाख ९ मंगलवार १३:३०

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ ।...

वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्नेमा वक्ताहरुको जोड

वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्नेमा वक्ताहरुको जोड

वि.सं.२०८१ चैत २१ बिहीवार १०:५९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी...

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

वि.सं.२०८१ चैत १५ शुक्रवार १२:३७

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले ठूलो...

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वि.सं.२०८१ चैत १२ मंगलवार १५:५०

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशीक...

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ : श्रममन्त्री भण्डारी

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ : श्रममन्त्री भण्डारी

वि.सं.२०८१ फागुन २६ सोमवार १८:२७

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक...

श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

वि.सं.२०८१ फागुन २३ शुक्रवार १७:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय...