back
nactional

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन योजना ल्याएको छ ।

एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन् । आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ ।

एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो ।

यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइन्छ र जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु पर्दैन ।

डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक मात्र ७९.८८ रुपैंयामा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन् । यो शुल्क यस अघिको दैनिक १९०.१८ रुपैंयाको तुलनामा ५८ प्रतिशतले कम हो ।

त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरुले कर सहित मात्र १९०.१८ रुपैंयामा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन् । परिमार्जन अघि यी गन्तव्यहरुमा दैनिक डेटा रोमिङको शुल्क ६३३.९३ रुपैंया रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ ।

ग्राहकले ८१७१२९८२३ डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले ८१२३३ डायल गरी यो प्याक सजिलै लिन सक्छन् । त्यस्तै इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेभसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको छ ।

ग्राहकहरुले देशभित्र वा नेपाल बाहिर रहँदा पनि विभिन्न वालेटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरु कार्य गरि सधैं कनेक्टेड रहन सक्छन् ।

सधैं अन योजनालाई ध्यानमा राख्दै परिमार्जन गरिएको डेटा रोमिङको शुल्कले यी देशहरुमा विविध उदेश्यका राखी यात्रा गर्ने एनसेलका ग्राहकलाई ठूलो महत्वराख्ने विश्वास एनसेलले लिएको छ । यो प्याक सुचारु गर्न कुनै शुल्क पनि लाग्दैन । यी देशहरुमा जादाँ रोमिङ स्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् ।

ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानु भन्दा अधि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सक्छन् । एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशहरुमा उपलब्ध छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

वि.सं.२०८३ भदौ १ सोमवार २२:०८

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र...

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वि.सं.२०८३ भदौ १ सोमवार २०:२८

काठमाडौं । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा...

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

वि.सं.२०८३ भदौ १ सोमवार १५:५१

काठमाडौं । सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने...