back

दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि

कोरिया । गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ ।

स्टेटिस्टिक्स कोरियाका अनुसार अप्रिलमा १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिको सङ्ख्या एक वर्षअघिको आँकडामा दुई लाख ६१ हजारले बढेर दुई करोड ८६ लाख ९३ हजार पुगेको छ ।

वृद्धवृद्धाको कामबाट उच्च प्रभावित यो सङ्ख्या अघिल्लो महिना एक लाख ७३ हजारमा पुगेपछि अप्रिलमा तीव्र गतिमा बढेको हो ।

समग्र रोजगारी विस्तार वृद्धवृद्धाद्वारा भएको थियो । अप्रिलमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहका लागि रोजगारीको सङ्रख्या वार्षिक आधारमा अप्रिलमा दुई लाख ९२ हजार भएको छ तर २० देखि ४० वर्ष उमेर समूहका मानिसका लागि ७७ हजार र ९० हजारले सङ्कुचित भएको छ ।

लगातार पाँचौँ महिना बढ्दो प्रवृत्ति कायम राख्दै उत्पादकहरू बीच रोजगारीको सङख्या गत महिना एक लाखले बढेको छ ।

स्वास्थ्य तथा समाज कल्याण सेवा, सूचना तथा सञ्चार उद्योगमा रोजगारी क्रमशः ९३ हजार तथा ६८ हजारले बढेको छ । शिक्षा सेवामा रोजगारी गुमेको छ । थोक र खुद्रा क्षेत्रका ४९ हजार र ३९ हजारले रोजगारी गुमाउनु परेको छ ।

नियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख ९३ हजार तथा अनियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख पुगेको छ तर गत महिना दैनिक मजदुरहरूको सङ्ख्या भने एक लाख ४७ हजारले घटेको छ ।

कामदारहरू भाडामा लिने स्व-रोजगार गर्नेहरूको सङ्ख्याया अपरिवर्तित रहेको छ भने कर्मचारीहरू बिना स्व-रोजगार गर्नेहरूको सङ्ख्या ९४ हजारले पछि हटेको थियो ।

यसै क्रममा १५ वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगार दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले बढेर ६३ प्रतिशत पुगेको छ भने १५ देखि ६४ वर्षका लागि ओइसीडी-विधि भर्ना दर शून्य दशमलव छ प्रतिशतले बढेर ६९ दशमलव छ प्रतिशत पुगेको छ ।

अप्रिलमा बेरोजगारीहरूको सङ्ख्या आठ लाख ८५ हजार पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८१ हजारले बढी हो । बेरोजगारी दर शून्य दशमलव दुई प्रतिशतले बढेर तीन प्रतिशत पुगेको छ ।

विस्तारित बेरोजगारी दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले घटेर आठ दशमलव आठ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २९ वर्ष उमेर समूहका लागि एक दशमलव चार प्रतिशतले घटेर १६ दशमलव एक प्रतिशत भएको छ ।
आधिकारिक बेरोजगारी दरले ती व्यक्तिहरूलाई मापन गर्दछ जो तुरुन्तै कामका लागि उपलब्ध छन् तर सक्रिय रूपमा जागिर खोज्ने प्रयासका बावजुद विगत चार हप्तादेखि जागिर पाउन असफल भएका छन् ।

श्रम न्यून उपयोग सूचक भनिने विस्तारित बेरोजगारी दरदलाई जागिर खोज्नबाट निरुत्साहित हुनेहरू, पूर्ण-समय काम गर्ने इच्छा विरुद्ध अंशकालीन काम गर्ने र कलेज स्नातकपछि जागिर प्राप्त गर्न तयारी गर्नेहरूलाई आधिकारिक बेरोजगारी दरमा मापन गरिन्छ ।

नोकरी खोज्ने कुनै इच्छा नभएको आर्थिक रूपमा निष्क्रिय जनङ्ख्या अप्रिलमा एक वर्ष अघिको तुलनामा एकलाख ७४ हजारले घटेर एक करोड ५९ लाख ६१ हजार भएको छ । गत महिना निरुत्साहित रोजगारी खोज्नेहरूको सङ्ख्या ४५ हजारदेखि तीन लाख ६९ हजारसम्म बढेको छ ।

 


रोजगारी : काठमाडौं महानगरले माग्यो करारमा १३७ नगर प्रहरी

रोजगारी : काठमाडौं महानगरले माग्यो करारमा १३७ नगर प्रहरी

वि.सं.२०८१ जेठ २९ मंगलवार १२:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि...

नेपाली कामदारहरुलाई छरितो माध्यमबाट जापान पठाउन चाहेका छौं: श्रम मन्त्री अर्याल

नेपाली कामदारहरुलाई छरितो माध्यमबाट जापान पठाउन चाहेका छौं: श्रम मन्त्री अर्याल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:४८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

वि.सं.२०८० असार ८ शुक्रवार १३:१०

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको...

रोजगारीको अवसर: आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी

रोजगारीको अवसर: आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी

वि.सं.२०८० असार ६ बुधवार १४:५७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ ।...

स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर

स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:५१

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको...

रोजगारीको अवसर: मञ्जुश्री फाइनान्सले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ?

रोजगारीको अवसर: मञ्जुश्री फाइनान्सले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ?

वि.सं.२०८० जेठ २३ मंगलवार १४:४८

काठमाडौं । मञ्जुश्री फाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले...