back

श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने

काठमाडौं । नेपालको प्रमुख मध्येको एक मदिरा उद्योग श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन(आइपीओ) आइपीओ निष्कासन गर्ने भएको छ ।

आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । कम्पनीले ९ लाख ६० हजार कित्ता सेयरको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको हो ।कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ । आइपीओ निष्काशनका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौतामा डिष्टिलरी लिमिटेडकातर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

डिष्टिलरीका संचालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ । प्रक्रिया पुरा गरी चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने बताएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३०

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२५

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...