हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने
वि.सं.२०८१ जेठ ३२ शुक्रवार
काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीको विशेष साधारणसभा आगामी असार १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा सुरु हुनेछ ।
सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँबराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।संस्थापक सेयर जारी पश्चात सर्वसाधारणका लागि छुट्याइएको सेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पनि सभामा अनुमोदन हुनेछ ।
प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
प्रकाशित समय : १०:४७ बजे



















