back
Naima

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्ला

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आईपीओमा आज असार २१ गते बिहीबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६।९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिने हो भने २ हजार ३६९.१० रुपैयाँको जोहो गर्नु पर्नेछ । यदि कम्पनीको आईपीओमा अधिकतम १० हजार कित्ता खरिद गर्ने हो भने २३ लाख ६९ हजार १ सय रुपैयाँको जम्मा गर्नु पर्ने देखिन्छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो...

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

वि.सं.२०८३ साउन २८ बिहीवार १३:४७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले प्रचलित...

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

वि.सं.२०८३ साउन २८ बिहीवार १०:३८

काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स...

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

वि.सं.२०८३ साउन २७ बुधवार १९:३७

काठमाडौं । नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

वि.सं.२०८३ साउन २७ बुधवार १९:१८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मा...