back
himalayan life

राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभएको छ ।

बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।

यो बर्ष र आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’

‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्दै मन्त्री डा। महतले निर्देशनको क्रममा भन्नुभयो, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’

डा. महतले भन्नुभयो, व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् । राम्रो काम गर्ने साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौं । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ । अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ’ मन्त्री डा। महतले भन्नुभयो, ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं ।’

‘राजस्वको दायरा बढाउँछौं भनेर मात्र बढ्दैन, अर्थतन्त्रले गति लिनुपर्छ, त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पूँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको छ । बुँदागत स्पष्ट प्रस्ताव राखिएको छ । मन्त्री डा. महतले भन्नुभयो, ‘भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा हामीले गम्भीर ध्यान दिनुपरेको छ ।’

‘सधैं हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ । यो सुरु भइसकेको पनि छ । आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ’ उहाँले भन्नुभयो, ‘त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ ।’

आन्तरिक राजस्व विभागमार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको मन्त्री डा। महतले बताउनुभयो । ‘पहिलो हो, अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुन्छ । अर्को अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरु आइरहेका छैनन् । उनीहरुलाई करको दायराभित्र ल्याएर कर संकलन बृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री डा। महतले भन्नुभयो, ‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौं । नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो । पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो । यसले पनि समस्या ल्याउँदै गयो । कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन । राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो । करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौं ।’

‘भ्याटलाई हामी गम्भीरतापूर्वक लिनुपर्छ । सेवाग्राहीले राज्यलाई तिर्ने रकम पनि दुरुपयोग हुनु गम्भीर बिषय हो । सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन मिल्दैन । व्यवसायीले बिक्रीको क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा विना शर्त दाखिला गर्नुपर्छ । यसलाई आन्तरिक राजस्व विभागले गम्भीरताका साथ लिनुपर्छ । विभिन्न खाले दुरुपयोग रोक्नुपर्छ, बेरुजु तदरुकताका साथ उठाउनुपर्छ – मन्त्री डा. महतले भन्नुभयो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...