back
Naima

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा उल्लेख्य बढेको छ।सो अवधिसम्ममा बैंकले ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.६८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ८.३४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशत र सञ्चालन मुनाफा ६४.२६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २ अर्ब २३ करोड ४४ लाख रुपैयाँबाट घटेर ८४ करोड ७९ लाख रुपैयाँमा झरेको छ। जसका कारण कम्पनीको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ।

१५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप समीक्षा अवधिमा ३७.११ प्रतिशत बढेको छ भने कर्जा १३.६० प्रतिशत बढेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो...

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

वि.सं.२०८३ साउन २८ बिहीवार १३:४७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले प्रचलित...

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

वि.सं.२०८३ साउन २८ बिहीवार १०:३८

काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स...

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

वि.सं.२०८३ साउन २७ बुधवार १९:३७

काठमाडौं । नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

वि.सं.२०८३ साउन २७ बुधवार १९:१८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मा...

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:४१

काठमाडौँ। नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा...