back
himalayan life

समृद्धिको जग बसाल्दै तामाकोशी गाउँपालिका

तामाकोशी गाउँपालिकाअध्यक्ष : प्रोणप्रताप के.सी.

तामाकोशी गाउँपालिका दोलखा जिल्ला स्थित एक महत्वपूर्ण गाउँ पालिका हो । नेपालको वर्तमान संवैधानिक व्यवस्था अनुसार राज्य पुनः संरचना हुँदा तत्कालिन भीरकोट गाविस, झुले गाविस, जफे गाविस, मालु गाविस, शहरे गाविस, च्यामा गाविस, हाँवा गाविस मिली मिति २०६३ फागुन २७ गते तामाकोशी गाउँपालिका स्थापना भएको हो । यो गाउँपालिकाको क्षेत्रफल १५३.०६ वर्ग कि.मी रहेको छ । संवैधानिक संरचना अनुसार २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । स्थानीय तहको पहिलो निर्वाचनमा अध्यक्ष पदमा इश्वरचन्द्र पोख्रेल र उपाध्यक्ष पदमा उर्मिला खड्का केसीलार्ई त्यहाँका मतदाताहरुले अपार तथा अतुलनीय मायाले निर्वाचित गरे ।

तामाकोशी गाउँपालिकाले संघीयता कार्यान्वयनको पहिलो ५ वर्ष अनेकौं चुनौतिका वावजुत पनि आवश्यक पूर्वाधार विकास, सुशासन, नियम र ऐन कानुहरुको निर्माण गरी विकास र समृद्धिको जग बसालेको अनूभूत गर्न सकिन्छ । असहाय, विपन्न र भूमिहीन सुकुम्वासी नागरिकहरुलार्ई विशेष प्राथमिकतामा यस अवधिमा विकास बाँडेर खाने हो भन्ने सोच र प्रवृत्ति परिवर्तन भई विकास आफ्नै लागि हो भन्ने मान्यता स्थापित भएको थियो ।

तामाकोशी गाउँपालिकामा दोस्रोे स्थानीय निर्वाचनमा त्यहाँका मतदाताले प्रोण प्रताप केसीलार्ई अध्यक्ष पदमा र सृजना खड्का सुवेदीलार्ई उपाध्यक्ष पदमा निर्वाचित गरेका छन् । त्यहाँका मतदाताको भावना अनुसार वर्तमान जनप्रतिनिधिहरुले काम गरिरहेका छन् । स्थानीय तहको आधारशिला निर्माणमा तामाकोशी गाउँपालिकाले अवलम्वन गरेका केहि असल अभ्यासहरु मतदाताहरुको चेहरामा खुशी पैदा गरेको छ । तामाकोशी गाउँपालिका उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्दै अघि बढेको पाइएको छ। यस गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण, स्तरीय स्वास्थ्य सेवा समयानुकूल सुविधा रहित प्रविधियुक्त शिक्षा, स्थानीय स्तरमा सञ्चालित कार्यक्रम मार्पmत उल्लेख्य उद्यम विकास गरेको पाइन्छ । यो उद्यम विकासबाट रोजगारी श्रृजना, सामाजिक र आर्थिक असमानता अन्त्यका लागि चालेका विभिन्न प्रयास अत्यन्त सह्रानिय रहेका छन् । त्यतिमात्र होइन कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखी जनतालार्ई दिएका सहुलियत तथा अनुदान, धार्मिक सांस्कृतिक र ऐतिहासिक धरोहरहरुको खोजी संरक्षण सहित पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा गरेको लगानी र प्राप्त परिणाम अनुकरणीय रहेको पाइन्छ ।

तामाकोशी गाउँपालिकाले भौतिक निर्माण पूर्वाधारमा विशेष ध्यान दिएको देखिन्छ । सेवा प्रवाहको तल्लो निकायका रुपमा रहने सातवटै वडामा वडा कार्यालय भवनहरु तथा उक्त सामुदायिक सेवा केन्द्र निर्माण गरी सञ्चालित छन् । कोभिड १९ अस्थायी अस्पताल सहित प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनहरु र ६ वटा वडाहरुमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरी स्वास्थ्य सेवालार्ई थप विस्तार समेत गरेको छ । जेष्ठ नागरिक मिलन केन्द्र, माझी संग्रहालय, तामाङ् संग्रहालय, जनजाति संग्रहालय र सुनवार संग्रहालय तथा ल्होसार, पार्क, धार्मिक मठमन्दिर, गुम्वा आदि निर्माण गरी गाउँपालिकाको धार्मिक तथा जातिय संस्कतिको जर्गेना गर्ने नविन प्रयास भएको छ ।

सडक पूर्वाधार सिंचाई योजना खानेपानी योजनाहरुमा समेत तामाकोशी गाउँपालिकाले उल्लेखनीय प्रगति गरेको छ । आर्थिक वर्ष ०७८/७९ को फागुन मसान्तसम्ममा करिव ११८ कि.मी. नयाँ सडक ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । जसले गर्दा सवै वस्तीमा सडकको पहुँच पुगेको छ । ८५ वटा सडकको स्तरोन्नति भएको छ । प्रत्येक वडामा एउटा विशेष महत्वको सडकको अवधारणा मार्पmत बाह्रैमास सडक सञ्चालन हुने गरी कृषि सडकको रुपमा विकास गरिएको छ । यस अवधिमा सम्पूर्ण वडामा १५० वटा सिंचाई आयोजना १३० वटा खानेपानी आयोजनाहरु २ वटा झोलुङ्गे पुल, सवै वडामा २५ भन्दा बढी खेल मैदान, पिकनिक पार्क र सार्वजनिक शौचालयहरुको निर्माण सम्पन्न भएका छन् । विभिन्न भौतिक संरचनाको संरक्षण, वाढी, नदीकटान नियन्त्रण पहिरो लगायतका जोखिम नियन्त्रण आदिमा हालसम्म सवै वडामा ६५ ओटा आयोजनाहरु सम्पन्न भएका छन् ।

यस अवधिमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनः निर्माण अन्तर्गत ३३ वटा पक्की र सुविधा सम्पन्न विद्यालय भवनहरु समेत निर्माण भएका छन् । विभिन्न वडाहरुमा मिल्क एनालाइजर र चिलिङ भ्याटसहित दूध चिस्यान केन्द्र, आलु चिस्यान केन्द,्र २ वटा कृषि तथा ३ वटा पशु सेवा केन्द्र स्थापना सेवा प्रवाह गरिएको छ । पर्यटकीय दृष्टिकोणबाट तामाकोशी गाउँपालिका महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ । पर्यटन पूर्वाधार अन्तर्गत ऐतिहासिक कालीदेवी मन्दिर सिद्धाथान, गोल्मेश्वर, भीमेश्वर, भीमसेन थान मन्दिर निर्माण सम्पन्न भएका छन् । त्यस्तै गरेर चारधाम मन्दिर भिरकोट र कालीदेवी मन्दिर देउराली गढी हिलेगढी पदमार्ग निर्माण कार्य जारी रहेको छ । घोरागानी प्राकृतिक जलाशय संरक्षण तथा सो स्थानमा आकर्षक ब्रम्हाको मूर्ति स्थापना गरी प्राकृतिक तथा धार्मिक पर्यटनमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउन सकिन्छ । सो कार्यमा तामाकोशी गाउँपालिका तिव्र रुपमा लागेको छ ।

शिक्षा क्षेत्रतर्पm यो गाउँपालिकाले गुणात्मक फड्को मारेको छ । गुणस्तरीय र प्रविधियुक्त क्षेत्रमा जोड दिएको छ । जसको कारण अध्ययन सकेपछि विद्यार्थीहरुलार्ई रोजगारी पाउन सहज भएको छ । गाउँपालिकामा हाल ७ वटा उच्च मा.वि.सहित १५ वटा मा.वि. ९ वटा आ.वि., १२ वटा प्रा.वि. र २ वटा वाल विकास केन्द्र कायम गरिएको छ । गाउँपालिका भित्र २ वटा संस्थागत विद्यालयहरु सञ्चालित छन् । “तामाकोशीको इच्छा, सूचना प्रविधिमैत्री गुणस्तरीय विद्यालय शिक्षा” भन्ने मूल नारालार्ई मूर्त दिदै हालसम्म १५ ओटा विद्यालयहरुमा व्यवस्थित कम्प्युटर प्रयोगशाला १२ वटा विद्यालयहरुमा विज्ञान प्रयोगशाला र पुस्तकालय तथा ई–पुस्तकालयहरुको व्यवस्था गरिएको छ । विपन्न विद्यार्थीहरुलार्ई पोशाक वितरण प्राविधिक तथा व्यवसायिक र विज्ञान विषय अध्यनयरत गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति समेत वितरण गरिएको बुझिन्छ त्यस तमाकोशी गाउँपालिकाले । शिक्षा विकास कार्यक्रममा यस गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ३ करोड ६५ लाख विनियोजन गरेको छ ।

कृषि तथा पशु विकासमा यो गाउँपालिकाले विशेष ध्यान दिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा यो गाउँपालिकाले कृषि विकास कार्यक्रममा ८७ लाख १५ छुट्याएको छ । जस अन्तर्गत गाउँपालिका स्तरीय नमूना कृषि फर्म स्थापना, आलु चिप्स मेसिन खरिद तथा वितरण, प्लाष्टिक टनेल वितरण, रैथाने खेती प्रवद्र्धन, किवि पकेट क्षेत्र निरन्तरता, केरा तथा रुखकटहर खेती विस्तार, मौरी पालक कृषकलार्ई घार वितरण, अनुगमन तथा मूल्याङ्कन, जैविक मल प्रदर्शनी, नर्सरी स्थापना लागत साझेदारी, कृषि मेला पर्दशनी , पालिका स्तरीय टुकि संघ कार्यालय ब्यवस्थापन खर्च, कृषि विकास कार्यक्रम हेफर इन्टरनेशनल मार्फत रहेका छन् । पशु विकास कार्यक्रममा भने यस गाउँपालिकाले १ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । गोठ तथा मकारो सुाधार, उन्नत जातको पशु खरिद, विभिन्न घाँस तथा बीउ वितरण, प्रतिलिटर दूधमा अनुदान, चिलिङ म्यान तथा मिल्क एनालार्ई जर मेसिन खरिद, पशु सेवा केन्द्रको स्थापना र पशु सेवा उपचार तथा औषधिका लागि घरदैलो कार्यक्रम, रेविज रोग नियन्त्रण शिविर, विभिन्न पकेट विकास कार्यक्रम सञ्चालन गरी किसानहरुलार्ई प्रोत्साहन गरेको छ ।

यस गाउँपालिकाले सेवा प्रवाहलार्ई सूचना प्रविधिमैत्री बनाउन गाउँपालिकाले उल्लेखनीय प्रयास र सफलता हासिल गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा यो गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ । विगत पाँच वर्षमा प्राविधिक पूर्वाधार स्थापना, डिजिटल डिभाईडेड अन्त्य गर्ने उद्देश्यका साथ साथै सबै वडामा कर्मचारी, जनप्रतिनिधि, संघ संस्थाकर्मी, शिक्षक तथा सेवाग्राही सर्वसाधारण समेतको लागि आधारभूत सूचना प्रविधि सम्बन्धी तालिमको आयोजना गरेको छ । गाउँपालिकाले डिजिटल प्रोफाईल तयार गरेको छ । सबै वडामा सि.सि.टि.भी. जडान, सबै कार्यालय र विद्यालयहरुमा विद्युतीय हाजिरीको प्रयोग गरी नियमित गर्न सर्भरमार्फत गाउँपालिकाबाटै प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ । सबै वडामा इन्टरनेटको व्यवस्था गरी घटना दर्ता, सामाजिक सुरक्षा र कार्यालयका अन्य नियमित कामकाजहरु अनलार्ईन मार्फत गर्ने ब्यवस्था गरिएको छ ।

सहकारीको क्षेत्रको नियमनकारी निकायकोस भूमिकामा तामाकोशी गाउँपालिकाद्वारा उदाहरणीय कार्यहरु भएका छन् । संस्थागत सहकार्य तथा अनुदान सहयोग र सहकारी संस्थाको विविध विषयक्षेत्रसँग सम्बन्धित तालिमको कार्यक्रमहरु सञ्चालन भएका छन् । सहकारी विकास कार्यक्रम तर्फ यस गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ९ लाख रुपैयाँ बजेट छुट्याएको छ । सहकारी विकास कार्यक्रम अन्तर्गत साझोदारी सहकारी व्यवस्थापन तथा लेखापालन तालिमको लागि २ लाख ५० हजार, सहकारी व्यवस्थापन तथा समन्वय समिति बैठक खर्च १ लाख, अन्तर सहकारी अवलोकन भ्रमणको लागि १ लाख, सहकारी अनुगमन को लागि १ लाख, भिमेश्वर दाना उद्योगलार्ई व्यवस्थापन गर्न ३ लाख ५० हजार छुट्याएको छ ।

तामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सबै क्षेत्रलार्ई समेटी बजेट बिनियोजना गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७९ लाख, स्वास्थ्य सेवा कार्यक्रमको लागि २ करोड १७ लाख ३३ हजार, सामाजिक सुरक्षा तथा घटना दर्ता र योजना शाखाको कार्यक्रमको लागि १६ लाख १५ हजार, महिला तथा बालबालिका र लक्षित वर्ग सम्बन्धित कार्यक्रममा ५६ लाख ५० हजार, खानेपानी तथा सरसफाई स्वच्छता अभियान कार्यक्रम तर्फ ७२ लाख, पूर्वाधार विकास कार्यक्रमको लागि सबैभन्दा बढी ११ करोड ८० लाख, वन, वातावरण तथा विपद ब्यवस्थापन कार्यक्रमको लागि ५ लाख ५० हजार बजेट बिनियोजन गरेको छ ।

तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी.ले सबैको सहयोगमा गाउँपालिकालाई समृद्ध बनाउदैछन् । समग्र मिडियासँग कुरा गर्दै उनले गाउँपालिकालार्ई उत्कृष्ट बनाउने आफ्नो योजनामा कसैले पनि असहमति नरहेको बताएका छन् । ‘तामाकोशी गाउँपालिकाका सबैको हो । विकास निर्माणका कुरामा सबै बीच एकमत भएकोले मलार्ई पनि काम गर्न सजिलो छ । उनले भने ‘सबैको सोच र लक्ष्य एउटै भएपछि विकास निर्माण सम्बन्धी जुनसुकै काम गर्न पनि मलार्ई अवरोध छैन ।’

उनले विकासका काममा कसैले पनि पार्टीगत नजरले विभेद महसुस नगर्ने गरी काम गरेको स्पष्ट पारेका छन् । उनले गाउँपालिका भएका साधन, स्रोत र सम्भावनलार्ई मध्यनजर गर्दै दीर्घकालिन हित हुने प्रकारका कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । प्रतापले भन्छन् ‘स्थानीय तहलार्ई धेरै प्रकारका अधिकार दिनु राम्रो हो तर प्रशस्त बजेट नहुँदा सोचेजति सबै काम गर्न सकिएको छैन । उनले आफूहरु निर्वाचित भएर आउँदा तत्कालिन नेतृत्वले विनियोजन गरेको बजेटबाट नै काम गरेको स्पष्ट पारेका छन् ।

यो गाउँपालिकाका थुप्रै चुनौतिहरु पनि छन् । कृषि र पशुपालनको विकास भएपनि उत्पादित सामाग्रीहरुको बजारीकरणको समस्या छ । औद्योगिक क्षेत्रको विकास हुन सकेको छैन । युवाहरु रोजगारीको खोजिको लागि विदेश पलायन भएका छन् । उच्च शिक्षा र ठूला अस्पतालहरुको कमि छ । साधन र स्रोतको कमीमा थुपै्र योजनाहरुको काम गर्नु परेको छ । सबै नागरिक तथा व्यवसायीहरुलार्ई करको दायरामा ल्याई राजस्व बढाउन थप चुनौती छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

वि.सं.२०८३ असार ९ मंगलवार ११:०८

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...