उध्यमिको कथा : स्वदेशमै प्रशस्तै सम्भावबा देखेका युवा व्यवसायी कार्की

वि.सं.२०७८ भदौ २७ आइतवार

सधैँ हँसिलो चेहरामा देखिने राज कार्कीलाई भेट्नु भयो भने तपाई झुक्किनु होला । राज कुनै हाँस्य कलाकार हुन् कि व्यापारी ? आफू हाूसिरहने र अरुलाई हूसाई रहने उनी व्यवसायिक कलाकार हैनन् । तर, उपभोक्ताहरुलाई खुसी बेच्ने व्यापारी भने हुन् । कसरी उनी खुसी बेच्ने व्यापारी भए ? त्यो कथा सुनाउनुअघि थोरै पृष्ठभूमिबारे खोतलौं ।
राज कार्कीले शिक्षा क्षेत्रमा डेढ दशक बिताए । नयाू बानेश्वरमा उनले डेढ दशक बोर्डिङ स्कुल सञ्चालन गरेपछि अरुलाई नै हस्तान्तरण गरे । केही महिना यत्तिकै बस्दा आफुलाई मानसिक अपांग भएको महसुस गरेँ । मानसिक तनाव भयो । फेरि स्कुल खोलौं भने धेरै खर्च लाग्ने देखियो ।
राजको दिमागमा दुई वटा व्यवसाय आए ।
पहिलो खाद्यान्न, दोस्रो सर्टिङ सुटिङ ।
डेढ दशक बोर्डिङ स्कुल सञ्चालन गर्ने क्रममा राजले थुपैै्र प्रिन्सिपल चिनेका थिए । उनलाई लाग्यो, प्रिन्सिपललाई चामल होईन सुट बेच्नुपर्छ । फेरि उनलाई रिस्क लिन मन पर्छ । खाद्यान्न व्यवसाय भन्दा टेलरिङ व्यवसाय उनलाई बढी रिस्की लाग्यो ।
खाद्यान्न भन्दा टेलरिङ पेशालाई हेर्ने नजर राम्रो थिएन । टेलरिङ पोशाकमा पैसा हुने, पिछडिएका जातले गर्ने पेशा हो भन्ने मान्यता वा भ्रम थियो। उनलाई लाग्यो, यो सोच र मान्यता भत्काउन जरुरी छ । उनले काठमाडौंको नरदेवीमा श्री राज कलेक्सन शुरु गरे ।
टेलरिङ पेशामा राजले हात त हाले । तर, उनलाई निकै कठिन भयो । कलम चलाईरहेका उनका हातले कैंची चलाउनु परेको थियो । उनले सहयोगी हात खोजे वचन पाए तर, साथ पाएनन् । निरन्तर आत्मवल र आत्मविश्वास कायम राखे । अहिले त सबैले उनको कामको तारिफ गर्छन् ।
यो व्यवसाय सुरु गर्दा राजसूग जम्मा ७५ हजार रुपैंयाू मात्र थियो । परिवार र नजिकका केही साथीहरुको सहयोगमा उनले ३८ लाख रुपैंया जम्मा गरे । त्यही बजेटमा उनले व्यवसाय थाले ।
अन्यत्र भन्दा सस्तो, छिटो र गुणस्तरका लुगा सिलाउने श्रीराज कलेक्सन अहिलेका टप टेलरिङमध्येमा पर्छ । भारतीय र इटालियन ब्राण्डका लुगा पाइने श्री राज कलेक्सनमा एक पटक सेवा लिएका ग्राहक फेरि पनि फर्किएर आउने गरेका छन् । अरु व्यापारी भन्दा राजको फरक बानी छ, उनले आफ्नो पसलमा आउने हरकोही ग्राहकहरुलाई परिवारकै सदस्यका रुपमा लिन्छन् । उनले सामान मात्रै होईन खुसी पनि बेच्छन् ।
“सुट पनि पाईने, खुसी पनि पाईने”
यो त श्री राज कलेक्सनको नारा नै हो । यसमा सञ्चालक राज कार्कीको आफ्नै धारणा छ, रेस्टुराूमा पनि खाना त पाई नै हाल्छ । तर, खुसी पाइदैन । हरेक व्यवसायीले उपभोक्तालाई राम्रो डिजाईन, राम्रो कपडा, राम्रो सिलाइदिने उद्देश्य राख्छ । तर मैले सुरु गरेको व्यवसायले ती कुराहरुलाई मध्येनजर मात्रै राख्दैन । करोडौं रुपैंयाूमा नमिल्ने खुसी पनि दिने उद्देश्य हुन्छ । म खुसी दिने प्रयत्न गर्छु गरिरहेको हुन्छु ।
‘राजधानीका नामी टेलरिङमा गएका उपभोक्ताहरु यहाँको सेवा लिएपछि सन्तुष्ट भएका छन् ।’ उनी भन्छन् ‘एकै जनाले एकै पटक ३/४ जोर कपडा सिलाएका छन् ।’
केही नजिकका साथीहरुलाई यो व्यवसाय गरें भन्दा औंला ठड्याउूदै दलितले गर्ने काममा हात हाल्नु भो भन्थे । त्यतिबेला उनको मन चसक्क हुन्थ्यो । तर, उनलाई विश्वास थियो । कुनै दिन सफल हुन्छु भन्ने । अहिले तिनै साथीहरु उनको सफलता देखेर डाह र इष्र्या गर्न थालेका छन् ।
कुनै पनि पेशा सानो, ठूलो हुूदैन । मानिसको सोचले पेशालाई परिभाषित गर्छ । प्रतिष्ठित भनिने पेशा पनि घरमा सुतेर गरिँदैन । कोरोनाले रोकेर मात्र हो । काठमाडौंका विभिन्न स्थानमा राजले ब्रान्चहरु खोल्दै छन् । उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागग्मती प्रदेशका सचिव समेत हुन् । ‘सोच्ने हो भने त सबै पेशा गर्ने व्यक्ति आफैमा खुसी छैनन् ।’ राज भन्छन्, ‘खुशीमा भौतारिएकाले आफ्नो पेशामा दुःखी भएकाहरुको भीड पनि समाजमा कमी छैन ।’
उनलाई लाग्छ, लगानीभन्दा ठूलो मानिसको शाहस, विश्वास, लगनशिलता र मिहिनेत नै ठूलो कुरा हो । राजसूगैका साथीहरु विदेशतिर पलायन भए । त्यसबेला त उनलाई लाग्थ्यो, मेरा लागि पनि कुनै देश गन्तव्य हुन सक्छ । तर, नेपालमै उनले संघर्ष गरे । अहिले परदेशिएका साथीहरुलाई उनले आफ्नै देशमा केही गरौं भनेर, स्वरोजगार सिर्जना गरौं भन्दै उनले कन्भिन्स गर्न थालेका छन् ।
डेढ दशकदेखि शिक्षा क्षेत्रमा बिताएका राज कार्कीका दाई अमेरिकामा रेस्टुरेन्ट व्यवसाय गर्नुहुन्छ । यतै आउनु भनेर कर गरे पनि उनलाई भने जान मन लागेन । यहा बिरामी पर्दा पानी पिलाउने साथी भेटिन्छन् । विदेशमा गरिने जति संघर्ष यहाँ गर्दा कमाई पनि धेरै गर्न सकिन्छ भन्ने उनलाई लाग्छ । ५५ डिग्रीको तातो घाममा ३०÷४० हजार कमाउन दुबई, कतार, मलेसियामा बसेर पसिना बगाउने साथीहरु सम्झिँदा उनको मन भतभती पोल्छ । ‘साधारण सिलाई गर्ने व्यक्तिले नै देशमा ७०/८० हजार कमाउछन् ।’ उनी भन्छन्, ‘ती नेपालीहरुले स्वदेशमै केही गर्न सक्छन् जस्तो लाग्छ ।’
युवालाई राजको सन्देश
व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई राजले केही टिप्स दिए । ‘सबैभन्दा ठूलो कुरा रुचि हो ।’ उनी भन्छन् ‘केमा रुचि छ, त्यो पहिल्याउने, त्यसपछि समय, लगनशिलता, मिहिनेत र निरन्तरता सबैभन्दा महत्वपूर्णहो ।’ जहिल्यै पनि म सक्छु भन्ने भावना हुनुपर्नेमा उनले जोड दिएका छन् ।
राजका रहरहरू
राजलाई जहिल्यै सुट लगाउन मन पर्छ । सुटबाहेक अरु लुगा लगाउन खासै मन पर्दैन । निरन्तर उनी सुटमा सजिएर हिँंड्न थालेको १४ वर्ष भयो । फेसनेबल भएर हिंड्न रुचाउने उनी आफ्ना लागि १/२ महिनामा एउटा सुट सिलाई रहन्छन् । पहिरन बाहेक खानपानमा पनि राज निकै सौखिन छन् । फरक–फरक रेस्टुरेन्टमा नयाँ–नयाँ परिकारका स्वाद चाख्न उनलाई एकदम मनपर्छ। सामाजिक सञ्जालमा सक्रिय उनी नाचौंनाचौं लाग्ने गीतमा टिकटक बनाउन उत्तिकै रमाउँछन् ।३५ जिल्ला घुमेका राजलाई कर्णाली र जुम्ला घुम्न मन छ । उनलाई प्राकृतिक सौन्दर्यता भन्दा मानव जीवन बुझ्न मनपर्छ । मानिसहरुको जीवनशैली बुझ्न मनपर्छ । आफूले रोजेको पेशामा राज एकदमै सन्तुष्ट छन्।
समाजले टेलरिङ पेशालाई हेर्ने नजर राम्रो छैन । त्यो नजरलाई उनी परिवर्तन गर्न चाहन्छन् । कुराकानीबाटै थाहा हुन्छ, उनी अरु मानिस भन्दा भिन्नै प्रकृतिका छन् । ‘म आफूलाई रुवाएर अरुलाई खुसी बनाउन चाहने मानिस हो ।’ उस्तै हूसिलो चेहरामा उनले सुनाए ‘मेरा दुश्मन छैनन् । किनकि म सबैलाई हसाउूछु । सबैलाई खुसी बनाउँछु ।’ उनलाई लाग्छ, जो मानिसमा डाह, इष्र्या, लोभ हूुदैन, त्यो व्यक्ति नै संसारको खुसी व्यक्ति हो ।
(अनुमति बिना जस्ताको तस्तै वा परिर्वत गरि अन्य कुनै पत्रिका,अनलाईन तथा यूट्युवमा राख्न मिल्ने छैन, यदि यस्तो भएको खण्डमा कपी राईट लाग्ने छ, समग्र समाचार साप्ताहिकबाट)
२०७८ भदौ २७ गते प्रकाशित

प्रकाशित समय : ११:०८ बजे