back

गुराँस लाइफको नाफा २४.५१ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा २४.५१ प्रतिशतले बढाएको छ । चैत मसान्त सम्म कम्पनीले १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसरी नै खुद बीमा शुल्क आजर्न पनि १२२.७६ प्रतिशतले बढाउन सफल भएको छ । समिक्षा अवधिमा कम्पनीले ३ अर्ब १ करोड ८८ लाख १३ हजार रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ३५ करोड ५१ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको हालसम्म कूल बीमा शुल्क आर्जन ४२.५६ प्रतिशतले बढेर १३ अर्ब ७ करोड ६४ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०७.८४ प्रतिशतले बढेर ४४ करोड ३८ लाख ७३ हजार रुपयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २१ करोड ३५ लाख ६४ हजार रुपैयाँ गरेको थिया्े ।

त्यस्तै, यस अवधिमा कम्पनीको कुल बीमा शुल्क १२२.६८ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको कम्पनीको कूल बीमा शुल्क १ अर्ब ३६ करोड ९३ लाख १५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बीमा पोलिसी संख्या २२.४२ प्रतिशतले घटेर १ लाख ५६ हजार ९८९ वटा पोलिसी बिक्री गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा २ लाख २ हजार ३५६ वटा बीमा पोलिसी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ११०.५ प्रतिशतले बढेर १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जगेडा कोष ४२.७९ प्रतिशतले बढेर ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ३६ करोड ६३ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष ४२।४४ प्रतिशतले बढेर १० अर्ब ११ करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ७ अर्ब १० करोड ४४ लाख ३१ हजार रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँबाट घटेर ७ रुपैयाँमा सिमित भएको छ ।


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...

बिहीबार सुनचाँदीको भाउ बढ्यो

बिहीबार सुनचाँदीको भाउ बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार ११:०७

काठमाडौं । बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...