back

हुण्डाईले लञ्च गर्यो ३ वटा नयाँ कार, कति पर्छ मूल्य ?

काठमाडौं । हुण्डाई मोटर इन्डिया लिमिटेडले भारतीय बजारमा आफ्ना लोकप्रिय मोडल भेन्यु, वर्ना र ग्राण्ड आई १० नियोसको नयाँ भेरियन्ट लञ्च गरेको छ ।

नयाँ भेरियन्टहरू सार्वजनिक गर्नुका साथै कम्पनीले केही नयाँ सुविधाहरू पनि अपग्रेड गरेको छ । यी सुविधाहरूले कारहरूलाई पहिलेभन्दा अझै राम्रो बनाएको कम्पनीको दाबी छ।

हुण्डाई भेन्यू

ग्राहकहरूको बढ्दो मागलाई पूरा गर्न र भ्याल्यू फर मनी प्राेडक्ट सिर्जना गर्न, हुण्डाई भेन्युका चयन गरिएका भेरियन्टहरूमा नयाँ भेरियन्ट र थप राम्रा सुविधाहरू समावेश गरेको छ। यसको मूल्य ९ लाख २८ हजार भारतीय रुपैयाँबाट सुरु भएर शीर्ष भेरियन्टको लागि १० लाख ७९ हजार भारतीय रुपैयाँसम्म पर्दछ। कम्पनीले यस एसयूभीमा नयाँ SX एक्जिक्युटिभ म्यानुअल ट्रान्समिसन भेरियन्ट (१.२ लिटर कप्पा पेट्रोल इन्जिन) थपेको छ ।

यस भेरियन्टमा स्मार्ट इलेक्ट्रिक सनरुफ,२०.३२ सेमी (८”) टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, पुश बटन स्टार्ट/स्टपसहितको स्मार्ट कि, फुल अटोमेटिक टेम्परेचर कन्ट्रोल (एफएटीसी) प्रणाली उपलब्ध गराइएको छ ।

कम्पनीले भेन्यूको अन्य भेरियन्टहरूमा केही नयाँ सुविधाहरू थपेको छ। S MT र S+ MTमा अब रियर क्यामरा र वायरलेस चार्जर समावेश छ।

S(O) MT भेरियन्टमा थप सुविधाको लागि पुश बटन स्टार्ट/स्टप सहितको स्मार्ट किकाे सुविधा दिइएकाे छ।

S(O)+ एडभेन्चर एमटी भेरियन्टमा अब पुश बटन स्टार्ट/स्टप र वायरलेस चार्जरका साथै स्मार्ट कि पनि पाउन सकिनेछ।

नाइट एडिशन वायरलेस चार्जरको साथमा आउँछ जसले यसको प्रिमियम अपीललाई थप बढाउँछ।

हुण्डाई वर्ना

हुण्डाईले वर्ना लाइन अपमा २ नयाँ भेरियन्टहरू ल्याइरहेको छ । जसमा १.५ लिटर टर्बो जीडीआई पेट्रोल एस(ओ) डीसीटी र १.५ लिटर एमपीआई पेट्रोल एस आईविटी समावेश छ। यस बाहेक, कम्पनीले हालको १.५ लिटर एमपीआई पेट्रोल एस एमटी भेरियन्टमा फीचर अपग्रेड गरेकाे छ । नयाँ टर्बो जीडीआई भेरियन्टमा स्मार्ट इलेक्ट्रिक सनरुफ, २०.३२ सेमी (८.० इन्च) टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, R16(D=405=6 मिमी) समावेश गरेको छ। साथै, यसमा ब्ल्याक अलाेय व्हील, फूली अटाेमेटिक टेप्रेचर कन्ट्राेल (FATC), स्मार्टफोन वायरलेस चार्जर, रातो फ्रन्ट ब्रेक क्यालिपर,डायनामिक गाइडलाइन्सका साथ रियर क्यामरा र अन्य धेरै सुविधा प्रदान गरिएको छ।

अर्कोतर्फ, हुण्डाई वर्नाको MPi पेट्रोल भेरियन्टमा IVT प्रविधि पाउन सकिनेछ। यसमा स्मार्ट इलेक्ट्रिक सनरुफ,ड्राइभ मोड (ईसीओ, नर्मल, स्पोर्ट) र प्याडल सिफ्टर जस्ता सुविधाहरू छन्। यसबाहेक, o भेरियन्टमा स्मार्ट इलेक्ट्रिक सनरुफको साथ अपग्रेड गरिएको छ।

ग्राण्ड आई १० नियाेस

हुण्डाईले आफ्नो ग्राण्ड आई १० नियाेस लाईन-अपमा नयाँ स्पोर्ट्स (O) भेरियन्ट ल्याएको छ। नयाँ भेरियन्टमा कम्पनीले थप स्पोर्टी र उच्च प्रविधियुक्त फिचर रहेको दाबी गरेको छ । यो नयाँ भेरियन्ट दुबै म्यानुअल र अटोमेटिक (एएमटी) ट्रान्समिसन विकल्पहरूका साथमा उपलब्ध गराइएको छ। यसमा २०.२५ सेमी (८ इन्च) टचस्क्रिन डिस्प्ले, एन्ड्रोइड अटो र एप्पल कारप्ले, अटोमेटिक टेम्परेचर कन्ट्रोल सिस्टम, पुस बटन स्टार्ट/स्टप, डायमण्ड कट एलोय ह्वील्स, क्रोम बाहिर ढोकाको ह्यान्डल उपलब्ध गराइएको छ ।

नयाँ भेरियन्ट बाहेक, हुण्डाईले ग्राण्ड i10 NIOS को कप्पा पेट्रोल कर्पोरेट भेरियन्टलाई पनि अपग्रेड गरेको छ। यस भेरियन्टका दुबै MT र AMT मोडलहरूमा अब प्रोजेक्टर हेडल्याम्पहरू पाउन सकिनेछ। यस बाहेक यस ह्याचब्याकका सबै भेरियन्टको मूल्य पनि अपडेट गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...