back

यिनै हुन् १२ जना छात्रालाई बलात्कार गर्ने शिक्षक , सुनाइयो मृत्युदण्डको सजाय

काठमाडौं । इन्डोनेशियामा विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ । हिजो (सोमबार) इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई १२ जना छात्रामाथि बलात्कार गरेको भन्दै मृत्युदण्डको सजाय दिएको छ । यसअघि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्त बनाएको थियो । देशको धार्मिक बोर्डिङ स्कूलमा बालिकालाई यौन हिंसाबाट जोगाउनका लागि बलियो कानुन आवश्यक भएको कुरामा धेरैले जोड दिएका थिए ।

फेब्रुअरीमा बान्डुङ सहरको अदालतले उनलाई जन्मकैदको सजाय सुनाएपछि मृत्युदण्डको माग गरेर अभियोजकहरुले पुनरावेदन दायर गरेका थिए ।

‘हामीले प्रतिवादीलाई मत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङको उच्च न्यायालयको वेबसाइटमा सोमबार प्रकाशित एक वक्तव्यमा न्यायाधिसले बताएका छन् ।

हेरीका वकिल इरा माम्बोले अदालतको पूर्ण फैसला हेर्नुपर्ने बताउँदै अपिल हुने, नहुनेबारे कुनै टिप्पणी गर्न अस्विकार गरिन् ।

स्थानीय अभियोजकको कार्यालयका प्रवक्ताले पनि टिप्पणी गर्नु अघि अन्तिम निर्णय पर्खने बताए ।

‘सन् २०१६ र २०२१ को बीचमा हेरीले १२ र १६ वर्षका १३ जना बालिकाले बलात्कार गरे जसमध्ये ८ जना गर्भवती भए,’ फेब्रुअरीमा एक न्यायाधिशले भने । बलात्कारका बेला कतिजनामाथि चोट समेत लागेको उनले जानकारी दिए ।

देशको बाल संरक्षण मन्त्री लगायत इन्डोनेसियाका अधिकारीहरूले पनि मृत्युदण्डको मागलाई समर्थन गरेका थिए, यद्यपि मृत्युदण्डको विरोध गर्ने राष्ट्रका मानव अधिकार आयोगले यो उपयुक्त नभएको बताएका थिए ।

इन्डोनेसिया, विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुसंख्यक देश हो जहाँ हजारौं इस्लामिक बोर्डिङ स्कूलहरू र अन्य धार्मिक विद्यालयहरू छन् । यस्ता विद्यालयले प्रायः गरिब परिवारका बच्चाहरूलाई शिक्षा प्राप्त गर्ने एकमात्र माध्यम प्रदान गर्दछ ।

 


ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१९

काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।...

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

वि.सं.२०८२ वैशाख ३० मंगलवार ११:५१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि...

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१४

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको...

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १०:५४

काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा...

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:१८

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्रीसेहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका...

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् : लाजमर्दो कुरा हो

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् : लाजमर्दो कुरा हो

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:१५

काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...