back

पाकिस्तानमा अदालतले नै सरकारको निर्णय गर्ने

पाकिस्तानको राजनीतिक संकटको हालसम्म पनि समाधान हुन सकेको छैन । सर्वोच्च अदालतले संसदमा अविश्वासको प्रस्ताव खारेज गर्ने र प्रधानमन्त्री इमरान खानको सिफारिसमा सदन भंग गर्ने राष्ट्रपतिको फैसलामा विपक्षीको याचिकामा सुनुवाई गरिरहेको छ । मुख्य न्यायाधीश उमर अता बन्दियालको अध्यक्षता भएको इजलासले सोमबार संसद भंग गर्ने निर्णय निलम्बन गर्न अस्वीकार गरेको छ ।

यसैबीच इमरानले पूर्व मुख्यन्यायधीश गुलजार अहमदलाई कार्यवाहक प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । यसैगरी देशका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले पनि सोमबार राजीनामा दिएका छन् । यो भन्दा पहिले इमरानका मुख्य सचिव आजम खान र सल्लाहकार शहजाद अकबरले पद छोडिसकेका छन् ।

यी तीनसँग दोहोरो नागरिकता छ । आजम र मोइज यूसुफसँग अमेरिका र शहजादसँग बेलायतको नागरिकता छ । मोइदजले जनवरीमा पाकिस्तानको पहिलो राष्ट्रिय सुरक्षा नीति पेश गरेका थिए ।

फेब्रुअरी २०२२ मा अवकास भएका गुलजार अहमद पनामा पेपरको मामिलामा पूर्व प्रधानमन्त्री नवाज शरिफलाई आयोग्य घोषित गर्ने पाँच न्यायधीशमा समावेश थिए । गत वर्ष उनले सरकारलाई भीडद्वारा फोडिएको मन्दिरको पुनर्निर्माणको आदेश दिएका थिए । यसका साथै मन्दिर तोडफोड गर्ने उग्रवादीहरुबाट निर्माणको राशि असुल गर्नका लागि भनेका थिए । उनी मन्दिरमा दिवाली समारोहमा समावेश भएका थिए ।

संविधानका अनुसार राष्ट्रपति आरफ अल्वीले सोमबार इमरान र विपक्षका नेता शहबाज शरिफसँग कार्यवाहक प्रधानमन्त्रीको नाम मागेका थिए । कार्यवाहक प्रधानमन्त्रीको रेखदेखमा नै चुनाव हुनेछ । यद्यपि शहबाजले संसद भंगलाई असंवैधानिक बताउदै कार्यवाहक प्रधानमन्त्रीको प्रक्रियामा समावेश हुनबाट अस्वीकार गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...