back
nactional

४/५ वर्षको अवधिमा उद्योग कम्पनीहरु मर्ज हुने अवस्था पुगे : सचिव राउत

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रा.लिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल गरिएको छ ।

बुधबार बसेको उक्त बैठकमा ब्रुअरी प्रा.लिमा मर्ज भएका कम्पनीहरुमा श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल गरिएको हो । उक्त छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले प्रतिस्पर्धात्मक रुपमा स्वदेशी उत्पादनहरु प्रयोगमा नआउँदा उद्योगहरु कमजोर अवस्थामा पुगेको बताएका छन् । उनले यो चार, पाँच वर्षको अवधिमा उद्योग कम्पनीहरु मर्ज हुने अवस्था बढेको बताएका हुन् ।

उनले भने, ‘प्रतिस्पर्धात्मक रुपमा हाम्रो स्वदेशी उत्पादनहरु प्रयोगमा आउन नसक्दाखेरी हाम्रा उद्योगहरु कमजोर अवस्थामा गएका छन् । अहिले यो चार, पाँच वर्षको पिरियडमा धेरै उद्योग कम्पनीहरु मर्ज भैइसकेका छन् । त्यसैगरी ब्रुअरी प्रा.लिमा कोही चाँही मर्ज हुने, कोही सेयर बेचेर निस्कने गरेको समस्या रहेका छन् ।’

साथै, उनले यसलाई कानूनी रुपमा समाधान गर्न माउण्ट एभरेष्ट ब्रुअरीले विभाग मार्फत मन्त्रालयमा कुनै कुराहरु नराखेको बताए । उनले उद्योगले पाउने छुट, सुविधा, प्रोत्साहनको विषयमा पनि उद्योग मन्त्रालयले कुरा गरिरहेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

वि.सं.२०८३ साउन ११ सोमवार १४:४९

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले...

गाउँदेखि अन्तर्राष्ट्रिय आतिथ्य नेतृत्व हुँदै नेपालको होटल उद्योगको शिखरसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा 

गाउँदेखि अन्तर्राष्ट्रिय आतिथ्य नेतृत्व हुँदै नेपालको होटल उद्योगको शिखरसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा 

वि.सं.२०८३ साउन ११ सोमवार ०९:२०

दाङ । तुलसीपुर–४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली...

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

वि.सं.२०८३ साउन १० आइतवार १२:२१

काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल पहिचान बनाइसकेकी उद्यमी श्रेषु आचार्य ले...

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...