back
Naima

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण तथा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरले जनाएको हो ।

हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भन्दै सार्वजनिक टिप्पणी गरिएको थियो । त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलको सञ्चालन प्रकृति र दैनिक खपतलाई नहेरी मौज्दातलाई मात्र आधार बनाएर निष्कर्ष निकाल्न नहुने बताएको छ ।

चेम्बरका अनुसार ¥याडिसन होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुन्छ । यस्तो अवस्थामा होटलमा करिब २०० हाराहारी सिलिन्डर मौज्दात रहनुलाई अस्वाभाविक मान्न नमिल्ने चेम्बरको भनाइ छ । व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई गैरकानुनी गतिविधिसँग जोडेर हेर्नु उपयुक्त नहुने उसले स्पष्ट पारेको छ ।

चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानूनविपरीतका गतिविधिको कुनै पनि अवस्थामा समर्थन नगर्ने स्पष्ट पारेको छ । तर वैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित सूचना तथा प्रचार गरिँदा निजी क्षेत्रको मनोबल र लगानी वातावरणमा नकारात्मक असर पर्न सक्ने उसको भनाइ छ ।

अनुगमनका क्रममा देखिएका विषयलाई तथ्य र व्यावसायिक आवश्यकताको आधारमा मूल्यांकन गर्नुपर्ने चेम्बरले जनाएको छ । विशेषगरी होटल तथा पर्यटन क्षेत्रजस्ता ठूलो परिमाणमा इन्धन तथा ग्यास खपत गर्ने व्यवसायमा सामान्य घरायसी खपतको मापदण्डलाई आधार बनाएर मौज्दातको मूल्यांकन गर्न नहुने उसको तर्क छ ।

निजी क्षेत्रसँग समन्वय गर्न आग्रह

होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योगमा आपूर्ति, नियमन वा अन्य समस्या देखिएमा सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरी समाधान खोज्नुपर्ने चेम्बरले जनाएको छ ।

नियमन आवश्यक भए पनि त्यसका नाममा वैध व्यावसायिक गतिविधिलाई हतोत्साहित गर्ने अवस्था सिर्जना गर्न नहुने चेम्बरको धारणा छ । व्यावसायिक प्रतिष्ठामाथि असर पर्ने विषयमा सार्वजनिक अभिव्यक्ति दिनुअघि सम्बन्धित निकायले तथ्यको पूर्ण परीक्षण गर्नुपर्नेमा समेत उसले जोड दिएको छ । चेम्बरले तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादमार्फत मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास कायम राख्न सकिने जनाएको छ । वैध लगानी र व्यवसाय सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नु सरकार र नियामक निकायको समेत दायित्व भएको चेम्बरको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५३

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा...

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३९

काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानीमा सीमित ब्रान्डको उच्च...

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...