back
himalayan life

२२ वर्षमै प्रिन्सिपल बनेका लामा, जसको नेतृत्वमा स्कुल र कलेजले लिँदैछ गति

कम उमेरमै शिक्षा क्षेत्रमा पहिचान बनाउन सफल नाम हो, गेन्द्र लामा । मकवानपुर, राक्सिराङ ९ सिकुङटारका लामा २२ वर्षकै उमेरमा स्कुलको प्रिन्सिपलको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।

१८ वर्षदेखि शैक्षिक क्षेत्रमा क्रियाशील उनी चावहिलको प्राक्सिस इन्टरनेश्नल एकेडेमीको प्रिन्सिपल छन् । उनी २०७७ देखि मनास्लु टिम अफ आन्टरप्रिनरको चेयरम्यानको रुपमा कार्यरत छन् । यसै लगानी कम्पनीले स्कुल र मनास्लु वल्र्ड कलेज सञ्चालन गरिरहेको छ । प्राक्सिस इन्टरनेश्नल एकेडेमीमा जोडिनु अगाडि लामाले विभिन्न स्कुलमा काम गरे ।

माउन्ट एभरेस्ट, सगरमाथा वोर्डिङ स्कुलपछि उनी भुवनेश्वरी पव्लिक स्कुलमा जागिर खान आइपुगेका थिए । पछि २०६५ मा यो स्कुलको नाम फेरियो । शिक्षकका रुपमा प्रवेश गरेका लामाले इन्चार्ज, को–अर्डिनेटर, भाइस प्रिन्सिपल हुँदै प्रिन्सिपलको जिम्मेवारी सम्हाल्ने अवस्थामा पुगे । उनी प्राक्सिसको प्रमोटर पनि हुन् ।


छोटो समयमै प्राक्सिस इन्टरनेश्नल एकेडेमी र मनास्लु कलेजले आफ्नो पहिचान बनाईसकेका छन् । नर्सरीदेखि, बीबीएसम्म गरेर झण्डै १ हजार ६ सय विद्यार्थीहरु यहाँ अध्ययनरत छन् । टिम वर्कले गर्दा यति विद्यार्थीहरु ल्याउन सम्भव भएको उनी बताउँछन् । अभिभावकहरुको साथ, आफ्नो जनसम्पर्कले गर्दा यो सबै सम्भव भएको उनले बताए ।

‘२०७६ चैत ११ देखि लकडाउन भयो, ठिक त्यसको अघिल्लो दिनमा मनास्लु कलेजको भवन शिलान्यास हुँदै थियो, हामी विचलित भएनौं ’ लामाले सुनाए, ‘मरुभूमिमा पनि हरियाली देख्ने सकारात्मक सोच भएका युवाउद्यमीको जमात थियो हामीसँग ।’ यसो भनिरहँदा उनी बडो सकारात्मक सुनिए । ‘हरेक चुनौतीमा अवसर देख्ने टिम थियो हामीसँग’ उनले थपे ।

मनास्लु कलेज सुरु भएपछि ११ र १२ कक्षामा ४ सय ५० जना भर्ना भए । स्थापनाकालको पहिलो वर्ष, त्यसमाथि कोभिड १९ र लकडाउनले बजार थला परेको बेला यति ठूलो संख्यामा विद्यार्थी आउनु उनका लागि उत्साहप्रद नै थियो । अहिले कक्षा ११ मा ६ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रयोगात्मक शिक्षामा जोड
लामो समय शिक्षा क्षेत्रमा बिताएका लामा अबको शिक्षा सर्टिफिकेट पाउन होइन, आफ्नै खुट्टामा टेक्न सिकाउने खालको हुनुपर्छ भन्ने कुरामा जोड दिन्छन् ।

पाठ्यक्रमबाहेक उनको कलेजमा प्रयोगात्मक कुराको पढाइमा जोड दिन्छन् । सर्टिफिकेट पाएपछि कुनै न कुनै सीप होस् विद्यार्थीमा भन्ने उनको चाहना छ ।

‘अबको शिक्षा जीवन जिउनका लागि हुनुपर्छ ’ लामा थप्छन् ‘किताबको परीक्षामा मात्र होइन जीवनको परीक्षामा पनि पास हुनुपर्छ ।’ मनास्लु कलेज अन्य कलेजभन्दा पृथक छ भन्ने कुरा लामाले बारम्बार दोहोर्याए ।

मनास्लुले सफल नागरिक होइन असल नागरिक बन्न उत्पे्ररणा दिने कुरामा उनले जोड दिए । विद्यार्थीहरुलाई समाजका हरेक क्षेत्रमा अगुवा बनाउने, कुनै पनि तह र तप्कामा नेतृत्वदायी भूमिकामा पु¥याउने कलेजको लक्ष्य रहेको उनले बताए । त्यसका लागि विशेष तालिम र क्लास दिने गरिएको उनी बताउँछन् ।

सरकारी सेवा र विदेश मोहप्रति लामाको बितृष्णा
लामा पहिलेदेिख नै प्रष्ट थिए, सरकारी सेवामा जान्न र विदेश पनि जान्न । सरकारी सेवामा गएपछि आफूले चाहेजस्तो काम गर्न सकिँदैन भन्ने कुरामा उनी ढुक्क थिए । त्यहाँ गएर कुनै सिर्जनात्मक काम, सुधारको काम गर्न सकिँदैन भन्ने उनलाई लाग्थ्यो । डाइनामिक व्यक्ति सरकारी सेवामा गएर फड्को मार्न सकिँदैन भन्ने कुरा उनको दिमागमा गहिरोसँग छाप बसेको थियो ।

अर्कोतिर सरकारी जागिर खाएपछि जीवन जिउन मुस्किल पर्छ भन्ने उनले अनुमान गरेका थिए । सीमित खर्चले परिवार चलाउन पनि नसकिने, सन्तानहरुलाई पढाउन पनि नसकिने त हुन्थ्यो नै अर्को कुरा ज्यानमा आलस्य, अल्छी पनि बढाउने कुरा उनको दिमागमा खेलिरहेको थियो ।

‘हामी त दिनमा १७/१८ घण्टा काम गर्नुपर्ने मान्छे, गतिशील मान्छे हो’ लामाले भने ‘हाम्रो योजना र विचार त्यहाँ कार्यान्वयन हुँदैन ।’
लामालाई विदेश मोह पनि कहिल्यै पलाएन । त्यहाँ गएर गरिने दुःख, संघर्ष यहाँ ग¥यो भने पैसा स्वदेशमै कमाइने उनी बताउँछन् । मान सम्मान, इज्जत पनि स्वदेशमा नै पाइने लामा बताउँछन् ।

हालसम्म १२– १३ देश घुमिसकेका उनी अन्य देशको भ्रमणका लागि तयारीमा छन् । ‘म आफ्नो कामप्रति सन्तुष्ट छु ’ लामा भन्छन्, ‘खुसी, सन्तुष्टि नहुने ठाउँमा म हात हाल्दिनर त्यस्तो काम गर्दिन ।’

सम्मान तथा संलग्नता


२२ वर्षमै प्रिन्सिपल बनेका लामाले तत्कालीन शिक्षामन्त्री धनिराम पौडेलबाट उत्कृष्ट युवा प्रिन्सिपल भनेर सम्मान  पाएका थिए । यस्तै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीबाट ‘वेस्ट एक्सट्रा करिकुलर एक्टिभिटिज अवार्ड’ हात पारेका थिए ।

हाल उनी निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) का अध्यक्ष छन् । उनी नेशनल प्याव्सन काठमाडौंका जिल्ला कोषाध्यक्ष पनि हुन् ।

काठमाडौं बिनायक शिक्षालयका अध्यक्ष, शान्ति पाठशाला स्कुलका बोर्ड अफ डाइरेक्टर, हामी नेपाली ग्लोबलका फाउन्डर मेम्बर, सहारा फाउन्डेसनका संस्थापक सदस्य, लायन्स क्लब्स् डिस्ट्रिक्ट ३२५ ए वान नेपालका डिस्ट्रिक्ट चेयर पर्सन समेत हुन् ।

मनास्लु टिम अफ आन्टरप्रिनरको लक्ष्य


मनास्लु टिम अफ आन्टरप्रिनरको टिममा ११ जनाको बोर्ड छ । जसमा प्रबन्ध निर्देशक राजन श्रेष्ठ, कार्यकारी निर्देशक मिनकुमार मोक्तानलगायत विभिन्न क्षेत्रका सफल व्यावसायीहरु यसमा आवद्ध छन् ।

यस टिमले अबको दस वर्षभित्र कुनै न कुनै संस्था, शैक्षिक गतिविधि, को–अपरेटिभ, इ–कमर्स, रिसोर्ट, सेयर मार्केट जस्ता क्षेत्रमा हात हाल्ने योजना रहेको लामाले सुनाए । यस कम्पनीमार्फत ५ हजार युवालाई रोजगारी दिने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम उमेरमै विभिन्न संघ, संस्थामा आबद्ध लामाले कसरी यति सफलता हासिल गरे ? यसको पछाडि के कारण छ ? लामालाई सोधियो । ‘सकारात्मक सोच राखेर कसैको कुभलो नचिताइ, असल, सत्कर्ममा लागियो भने सफलतालाई दुनियाँमा कसैले रोक्न सक्दैन ’ उनको जवाफ छ ।

(अनुमति बिना जस्ताको तस्तै वा परिर्वत गरि अन्य कुनै पत्रिका,अनलाईन तथा यूट्युवमा राख्न मिल्ने छैन, यदि यस्तो भएको खण्डमा कपी राईट लाग्ने छ, समग्र समाचार साप्ताहिकबाट)

२०७८ असोज १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...