न्यादी हाइड्रोको ३१ लाख कित्ता सेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख २४ बुधवार

काठमाडौं । बुटवल पावर कम्पनीले सेयर बिक्रीमा राखेको छ । बुटवल पावरको नाममा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
बुटवल पावरको न्यादी हाइड्रोपावरमा १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीको योजना अनुरूप दोश्रो बजारमा बिक्री गर्ने निर्णय गरेको हो ।
विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारी गराइएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : ११:४४ बजे