back
skip this gaugauma singhadarbar

मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

जोमसोम । मुस्ताङको लोमानथाङ्ग गाउँपालिका- ५ को सिमसार मैदानमा पहिलो पटक कालो घाँटी भएको क्रेनको जोडी भेटिएको छ । हिमाली जिल्ला मुस्ताङ्गको भूगोलमा यसअघि कालो घाँटी भएको क्रेन देखिएको कुरा स्थानियहरुले भनियता पनि प्रमाणित भएको थिएन् । २०८२ बैशाख २्२ गते बिहान घोडा हेर्न गएका शुनिल बि.कले कालो घाँटी भएको क्रेनको जोडी देखेर आफ्नो मोबाईलमा कैद गरेका थियो ।

कालो घाँटी भएको सारस (ब्ल्याक नेक क्रेन) एसियामा मध्यम आकारको क्रेन हो जुन तिब्बती पठार र भुटानको दुर्गम भागहरूमा वर्षनी बसाईसराई गर्छन् । तिनीहरू पश्चिमी तिब्बत र भुटानको बीचमा बसाइँ सर्छन्, उत्तर तर्फबाट हिमालयको समानान्तर उडान गर्छन् । उपल्लो मुस्ताङ्गको स्थानिय भाषामा यसलाई झ्याठुङ्गठुङ्ग (कर्मो) भन्ने गरेको पाईन्छ । सन् २०१९ को भदौ महिनामा चिनको सिमाना आसपासको पानी जमेको ठाउँमा सात/आठ वटा यहि प्रजातिको क्रेन देखेको लोमाङ्गथाङ्ग गाउँपालिका –२ का वडा अध्यक्ष कर्मा नाम्गेल गुरुङ्गले बतताए ।

‘लामो दुरी सम्म उड्ने चरा र राम्रो देखिने भएको कारणले होला हामीले हाम्रो स्थानिय भाषामा झ्याठुङ्गठुङ्ग (कर्मा) हामीलाई तपाईको आर्केसर्क र लामो पखेटा दिनुस म सबैलाई लोब्याउदै गाउँ घुमेर आउछु भनेर स्थानियहरु हाल सम्म गाउँमा गीत गाउने गरिन्छ’ गुरुङ्गले भने यो कालो घाटि भएको सारस बच्चा कोरल्न लोमानथाङ आएको हुन सक्ने सारस संरक्षणकर्ता राजेन्द्र सुलवालले बताए ‘यो प्रजातिको क्रेनलाई नेपालमा धेरै दुर्लभ मानिन्छ । उनले भने, ‘हाल सम्म हुम्लाको लिमी उपत्यकामा यसले गुँड बनाएको रेकर्ड गरिएको थियो, र पोखरामा एउटा घुमन्ते कालो घाटि भएको सारस देखिएको छ ।’

यो बौद्ध परम्पराहरूमा सम्मानित छ र यसलाइ भुटान र तिबतमा शान्ति,दिगायु ,पवित्र ,भफदारी ,शुभ दिनको प्रतिकको रुपमा लिने गरेको संरक्षण विज्ञ डा.शैलेन्द्र थकालीले बताउनु भयो । भुटानमा यसको संरक्षणको लागि छुट्टै संरक्षण क्षेत्र स्थापना भएको छ । त्यहाँ वर्षनी सयौँ पर्यटकहरु कालो घाटि भएको सारस हेर्न त्यहा पुग्ने गरेको पाईन्छ ।

साथै कालो घाटि भएको सारसको आगमनमा भुटानको फोबझिका उपत्यकामा वार्षनी नोबेम्बर महिनामा महोत्सव मनाउने गरेको थकालीले बताउनुभयो । महोत्सव मनाउदा आशिस पाउने र बाली राम्रो फस्टाउने विश्वास त्यहाँको स्थानियले गरेको पाईन्छ ।

कालो घाँटी भएका सारसहरूको विश्वव्यापी जनसंख्या लगभग दश हजार देखि बाह् हजार रहेको अनुमान गरिएको छ । यी सारसहरू चीन, भारत र भुटानमा कानुनी रूपमा संरक्षित छन् । यो सारसलाई आईसियुनको रातो सूचीमा खतरा नजिक पुगेकोे प्रजातिहरूको रुपमा स्वचिकृत गरिएको छ । यसलाई भारतको लद्दाख राज्यले ‘राज्य चरा’ को रुपमा मानेको छ ।

nactional life -asoj
gaugauma singhadarbar

अब स्थानीय निकायबाटै ‘प्यान नम्बर’ लिन सकिने

अब स्थानीय निकायबाटै ‘प्यान नम्बर’ लिन सकिने

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:३७

काठमाडौं । सरकारले आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालय...

कार्यालय समय एक घण्टा घट्याे, अब ४ बजेसम्म मात्र खुल्ने

कार्यालय समय एक घण्टा घट्याे, अब ४ बजेसम्म मात्र खुल्ने

वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:४०

काठमाडौं । देशभरका सबै सरकारी कार्यालय आज आइतबार देखि अपराह्न...

कोडैना गाउँपालिकामा भ्रमणको नाममा ८ लाख सकियो

कोडैना गाउँपालिकामा भ्रमणको नाममा ८ लाख सकियो

वि.सं.२०८२ असोज २३ बिहीवार १०:५६

सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भ्रमण...

बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

वि.सं.२०८२ असोज २२ बुधवार १७:४१

बाजुरा । बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा तालाबन्दी...

बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च

बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च

वि.सं.२०८२ असोज २१ मंगलवार ११:४७

बाजुरा । बाजुराका स्थानीय तहले करार कर्मचारीकै तलब भत्तामा सात...

कृषकका स्याउ कुहिदैनन्, सहज रुपमा बजारीकरण गरिन्छ : ज्ञानकेन्द्र प्रमुख

कृषकका स्याउ कुहिदैनन्, सहज रुपमा बजारीकरण गरिन्छ : ज्ञानकेन्द्र प्रमुख

वि.सं.२०८२ असोज ५ आइतवार १७:०६

बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम साहानीले...