back

मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

जोमसोम । मुस्ताङको लोमानथाङ्ग गाउँपालिका- ५ को सिमसार मैदानमा पहिलो पटक कालो घाँटी भएको क्रेनको जोडी भेटिएको छ । हिमाली जिल्ला मुस्ताङ्गको भूगोलमा यसअघि कालो घाँटी भएको क्रेन देखिएको कुरा स्थानियहरुले भनियता पनि प्रमाणित भएको थिएन् । २०८२ बैशाख २्२ गते बिहान घोडा हेर्न गएका शुनिल बि.कले कालो घाँटी भएको क्रेनको जोडी देखेर आफ्नो मोबाईलमा कैद गरेका थियो ।

कालो घाँटी भएको सारस (ब्ल्याक नेक क्रेन) एसियामा मध्यम आकारको क्रेन हो जुन तिब्बती पठार र भुटानको दुर्गम भागहरूमा वर्षनी बसाईसराई गर्छन् । तिनीहरू पश्चिमी तिब्बत र भुटानको बीचमा बसाइँ सर्छन्, उत्तर तर्फबाट हिमालयको समानान्तर उडान गर्छन् । उपल्लो मुस्ताङ्गको स्थानिय भाषामा यसलाई झ्याठुङ्गठुङ्ग (कर्मो) भन्ने गरेको पाईन्छ । सन् २०१९ को भदौ महिनामा चिनको सिमाना आसपासको पानी जमेको ठाउँमा सात/आठ वटा यहि प्रजातिको क्रेन देखेको लोमाङ्गथाङ्ग गाउँपालिका –२ का वडा अध्यक्ष कर्मा नाम्गेल गुरुङ्गले बतताए ।

‘लामो दुरी सम्म उड्ने चरा र राम्रो देखिने भएको कारणले होला हामीले हाम्रो स्थानिय भाषामा झ्याठुङ्गठुङ्ग (कर्मा) हामीलाई तपाईको आर्केसर्क र लामो पखेटा दिनुस म सबैलाई लोब्याउदै गाउँ घुमेर आउछु भनेर स्थानियहरु हाल सम्म गाउँमा गीत गाउने गरिन्छ’ गुरुङ्गले भने यो कालो घाटि भएको सारस बच्चा कोरल्न लोमानथाङ आएको हुन सक्ने सारस संरक्षणकर्ता राजेन्द्र सुलवालले बताए ‘यो प्रजातिको क्रेनलाई नेपालमा धेरै दुर्लभ मानिन्छ । उनले भने, ‘हाल सम्म हुम्लाको लिमी उपत्यकामा यसले गुँड बनाएको रेकर्ड गरिएको थियो, र पोखरामा एउटा घुमन्ते कालो घाटि भएको सारस देखिएको छ ।’

यो बौद्ध परम्पराहरूमा सम्मानित छ र यसलाइ भुटान र तिबतमा शान्ति,दिगायु ,पवित्र ,भफदारी ,शुभ दिनको प्रतिकको रुपमा लिने गरेको संरक्षण विज्ञ डा.शैलेन्द्र थकालीले बताउनु भयो । भुटानमा यसको संरक्षणको लागि छुट्टै संरक्षण क्षेत्र स्थापना भएको छ । त्यहाँ वर्षनी सयौँ पर्यटकहरु कालो घाटि भएको सारस हेर्न त्यहा पुग्ने गरेको पाईन्छ ।

साथै कालो घाटि भएको सारसको आगमनमा भुटानको फोबझिका उपत्यकामा वार्षनी नोबेम्बर महिनामा महोत्सव मनाउने गरेको थकालीले बताउनुभयो । महोत्सव मनाउदा आशिस पाउने र बाली राम्रो फस्टाउने विश्वास त्यहाँको स्थानियले गरेको पाईन्छ ।

कालो घाँटी भएका सारसहरूको विश्वव्यापी जनसंख्या लगभग दश हजार देखि बाह् हजार रहेको अनुमान गरिएको छ । यी सारसहरू चीन, भारत र भुटानमा कानुनी रूपमा संरक्षित छन् । यो सारसलाई आईसियुनको रातो सूचीमा खतरा नजिक पुगेकोे प्रजातिहरूको रुपमा स्वचिकृत गरिएको छ । यसलाई भारतको लद्दाख राज्यले ‘राज्य चरा’ को रुपमा मानेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:५५

बाजुरा । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को....

कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड

कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:१०

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:०३

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती...