back

विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दीर्घकालीन फाइदा

काठमाडौं । विज्ञहरुले सरकारले विद्युत निर्यातभन्दा आन्तरिक खपतमा ध्यान दिनुपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं रजतजयन्तीको अवसरमा आयोजित सेपिङ द फ्युचर स् स्टार्टेजी एण्ड रोडम्याप फर इनर्जी सेक्टरु शिर्षकमा भएको प्यानल डिसकसनमा विज्ञहरुको आन्तरिक खपत बढाउदा दीर्घकालमा नेपाललाई फाइदा हुने बताएका हुन्।

पूर्व अर्थसचिव रामेश्वर खनालले सरकारको विद्युत नीतिको प्राथमिकता निर्यात हुनु नहुने बताए। उनका अनुसार प्रसारणलाइनमार्फत उत्तर र दक्षिण बजारसँग गाँसिनु राम्रो हो। समय समय नेपालको छिमेकी मुलुकसँग व्यापारिक सम्बन्ध खलबलिने गरेको छ।

नेपाल र भारतबीचको राजनीतिक सम्बन्धको कुरा गर्दा दिल्लीमा पानी पर्दा काठमाडौंमा मानिसहरु छाता औड्छन् भनिन्छ। काठमाडौंमा बाघ गर्जिदा दिल्लीमा बन्दुक पड्किन्छ भनिन्छ, उनले भने, ऊर्जामा आन्तरिक खपत बढाउनुपर्छ। यसले दीर्घकालमा नेपाललाई राम्रो गर्छ। उनले नेपालको वातावरण अनुकुल भएकाले सूचना प्रविधिमा आधारित उद्योगमा प्राथमिकता दिनुपर्ने पनि बताए।

उनले हाइड्रोजन प्रविधिमा नेपालले लगानी गर्न आवश्यक रहेको बताए। ५१ प्रतिशत नेपालीले खाना पकाउन दाउरा प्रयोग गर्छन्। मुलुकभरीका सबै चुलो विद्युतीय बनाएर एलपी र दाउरा विस्थापन गर्न सकिछ, उनले भने, मुलुकभरीको भान्छालाई विद्युतीय बनाउन सकिए नेपालको अर्थतन्त्रलाई ठूलो योगदान पुर्‍याउछ। त्यसले दीर्घकालमा ठूलो फाइदा पुर्‍याउँछ।

उनका अनुसार नेपाली जलविद्युत्लाई विदेशी बजारको सेयर खोलिदिनुपर्छ। यसले लगानी ल्याउन सजिलो हुन्छ।अहिलेको कम्पनी ऐनमा यस्तो व्यवस्था छैन्। सर्वसाधरणको लगानी डुबेर सहकारी जस्तै विष्फोटन हुनु अघि वित्तिय संरचना मिलाएर यसको नियमनमा ध्यान दिनुपर्ने उनको भनाई छ।

वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले ऊर्जामा निर्भर भएर अघि बढ्नुपर्ने बताए। उनले ९९ प्रतिशतमा बिजुलीको पहुँच दिदाँ गुणस्तरीय बिजुली दिन नसकेको बताए। २०४५ सम्म नेट जेरो इमिसन हासिल गर्ने प्रतिवद्धता जारी गरेको छ। ऊर्जा विकास मार्गचित्र यसलाई सम्बोधन गर्छ, उनले भने, गुणस्तरीय बिजुली दिनुपर्ने विषय समेत मार्गचित्रमा उल्लेख छ।

अधिकारीका अनुसार अहिले प्रणालीमा ३४०० मेगावाट रहेको छ। जसमा ६६२ मेगावाट विद्युत प्राधिकरणको हो। बाँकी बिजुली निजी क्षेको उत्पादन हो। ऊर्जा विकास मार्गचित्र निजी क्षेत्रमैत्री रहेको उनले दाबी गरे। उनले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्र पूरा गर्न ४६.५ बिलियन अमेरिकी डलर चाहिने बताए। सरकारले यसमा चिन्ता गर्नु नपर्ने बताए। निजी क्षेत्र, आन्तरिक स्रोत, विदेशी ऋण र अनुदान, क्लाइमेन्ट फाइनान्सिङ, एनआरएन र रेमिट्यान्सबाट लगानी जुटाउन सकिने बताए।

यो मार्गचित्र कार्यान्वयनका लागि सबै राजनीतिक दलको साझा दस्तावज बन्नुपर्ने, ऊर्जा क्षेत्रमैत्री सरकार र अदालत, निजी क्षेत्रमैत्री विद्युत ऐन चाहिने उनको भनाइ छ।

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्रमा १३ हजार ५०० मेगावाट लोभ गरेर खपतको योजना राखेको बताए। उनले उक्त योजनाभन्दा धेरै खपत हुने बताए।

उनले विदेशीमा बिजुली बिक्री गर्न थालेर व्यापार घाटा कम भएको बताए। उनले घर घरमा विद्युतीय चुलो पुर्‍याउने योजनामा काम भइरहेको बताए। ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि पूराना कानुनले जटिलता आउन सक्ने बताए। त्यसका लागि सचिवस्तरीय कमिटी बनाएर अध्ययन गरिरहेको बताए। सञ्चारमाध्यहरुलाई नकारात्मक सन्देश नफैल्याउन आग्रह गरे।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली इनर्जी बण्ड, पूर्वाधार बण्डलगायत वैकल्पिक फाइनान्सिङ कार्यान्वयनका लागि ऐनको ड्राफ्ट भइरहेको बताए। उनले छिट्टै यो ऐन जारी हुने बताए।

भारतबाट मात्रै लगानी आएको विषय बजारले निर्धारण गरेको हो। नेपाल विद्युत प्राधिकरणको विद्युत् व्यापारमा एकाधिकार छ। प्राधिकरणको रिफर्म गर्न आवश्यक छ। रिफर्म गर्न सकिएन भने लगानी आउँदैन। चीनसँग प्रसारणलाइन निर्माण गर्ने योजना सरकारले काम गरिरहेको छ। हाइड्रोजन प्रविधिमा जान आवश्यक रहेको बताए।

नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर बम बहादुर मिश्रले जलविद्युत विकास गर्नै पर्ने बताएका छन्। ग्रीन फाइनान्सिङभित्र जलविद्युत पर्छ। इप्पानले गरिरहेका कामहरु बढवा दिने गरी काम गर्नुपर्ने बताएका छन्।

ऊर्जा उद्यमी सुमन जोशीले ऊर्जा विकास मार्गचित्रले उत्साहित भएको बताइन्। उक्त मार्गचित्र कार्यान्वयनका लागि अहिलेको स्पीडमा काम गरेर नहुने बताए। १५ महिनादेखि ४ वर्षमा परियोजनाहरु बन्ने भएपनि ८ वर्षसम्म कागजी काममा खर्चनुपर्ने बाध्यता रहेको गुनाँसो गरिन्। उनले ७र८ वर्ष कागजमा काम गर्न समय लागे लक्ष्य पूरा गर्न नसकिने बताए।

विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले ऊर्जा विकासको मार्गचित्रमा कुनै शंका नगर्न बताए। ४४००० मेगावाटको आयोजना चलायमान अवस्था रहेकाले मार्गचित्र पूरा हुने बताए।

मार्केटमा चिन्ता गर्नु नपर्ने बताए। भारतमा १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने दीर्घकालीन सम्झौता भएको छ। बंगलादेशमा निर्यात सुरु गरेकाले बजारको कुनै समस्या नरहेको बताए।

उनका अनुसार सर्वे लाइसेन्स ५ वर्षका लागि दिएको हुन्छ। त्यो अवधिमा प्रबर्द्धन काम नै गरेको हुँदैन्। राम्रोसंग काम गरे सर्वे लाइसेन्स र कन्स्ट्रक्सन लाइसेन्सका लागि विद्युत विकास विभाग आए हुन्छ। धेरै धाइरहनै नपर्ने उनको भनाइ छ। विष्फोटक पदार्थको भने समस्या रहेको बताए। सहि कागजात पेस गरे सात दिनभित्रै विद्युत विकासले काम गरिदिने उनको दाबी छ।

विद्युत नियमन आयोगका अध्यक्ष डा। रामप्रसाद धितालले नदी प्रवाही आयोजनामा केन्द्रित भएको बताए। उनले जलाशय प्रकृतिका आयोजनामा पनि बनाउनुपर्ने बताए।


विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजित भए

विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजित भए

वि.सं.२०८२ जेठ १ बिहीवार २१:०६

काठमाडौं । परिवार भन्ने वित्तिकै सुख–दुःख साथ दिने व्यक्तिहरुको समूह...

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

वि.सं.२०८२ जेठ १ बिहीवार १७:५४

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको...

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०३

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र...

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट,नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट,नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा...