back
Naima

सबै स्मार्ट फोनको चार्जर एकै प्रकारको बनाउन प्रस्ताव

काठमाडौँ । सबै प्रकारका स्मार्ट मोबाइल फोन, ट्याबलेट तथा हेडफोनको चार्जर एकै प्रकारको अर्थात साझा चार्जर बनाउनुपर्ने प्रस्ताव अगाडी सरेको छ ।

युरोपेली आयोगको यो प्रस्तावले मोबाइल फोन तथा उपकरण उत्पादक कम्पनीहरुलाई सबै स्मार्टफोनमा प्रयोग हुन सक्ने एकै प्रकार चार्जर बनाउन बाध्य पार्नेछ।

यसले उपभोक्तालाई हरेकपटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने बाध्यता हट्ने र इलेक्ट्रोनिक फोहोर नियन्त्रित हुने निष्कर्ष निकालिएको छ।

आयोगले सबै मोबाइल चार्जर यूएसबी–सी कनेक्टर प्रकारको हुनुपर्ने प्रस्ताव गरेको छ। युरोपेली आयोग एक आयुक्त टियरी ब्रेटनले त्यस्ता युनिभर्सल चार्जरले द्रुतगतिमा परिवर्तनशील प्रविधिमा तादात्म्य ल्याउने तथा उपभोक्तालाई चार्जर विना उपकरण किन्ने विकल्प मिल्ने बताएका छन्।

युरोपेली आयोगको प्रस्तावको आलोचना गर्दै एप्पल कम्पनीले त्यस्तो निर्णय भए उसका दसौँ लाख उपकरण बेकामे हुने र थप इलेक्ट्रोनिक फोहोर निर्माण हुने चेतावनी दिएको छ।

एक दशकदेखि युरोपेली आयोगका कानुननिर्माताहरुले सबै उपकरणलाई उपयुक्त हुने स्ट्यान्डर्ड किसिमको चार्जरको वकालत गरिरहेका थिए। जसले वातावरणलाई पनि राम्रो गर्ने र उपभोक्तालाई पनि सहज हुने उनीहरुको ठहर छ।

युरोपेली आयोगको अनुसन्धानले फालिएका तथा प्रयोगमा नआएका चार्जिङ तारहरुका कारण हरेक वर्ष ११ हजार टन फोहोर उत्पादन हुने गरेको पाएको थियो।

गत वर्ष युरोपेली संघमा ४२ करोड मोबाइल फोन तथा अन्य हाते उपकरण बिक्री भएका थिए।

औसतमा प्रत्येक व्यक्तिसँग तीनवटा फोन चार्जर रहने गरेको र तीमध्ये २ वटा प्रयोगमा आउने गरेको पाइएको थियो।

युरोपेली आयोगले ल्याएको नयाँ नियम लागू हुन भने केही वर्ष लाग्न सक्छ। उक्त नियममाथि पहिले युरोपेली संसद तथा राष्ट्रिय सरकारहरुले छलफल गर्नेछन्।

सन् २०२२ मै यो प्रक्रिया सकिने आयोगको आशा छ। त्यसपछि ती नियमलाई देशका राष्ट्रिय कानुनहरुमा समाहित गर्न थप २ वर्ष उपलब्ध हुनेछ। बीबीसीबाट
२०७८ असोज ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...