back

धारावाहिक रेडियो नाटक ‘रोपेगुना फल’ सिजन २ भोलीदेखि सुरु हुँदै

काठमाडौँ । भारतका बिख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५–१९३९ ) ले भनेका छन् ‘सही शैक्षिक वातावरणले मात्र बालबालिकाको सही विकास हुदैन ।

बालबालिकाको सार्थक सिकाई र विकासका लागि घरको वातावरण झनै महत्वपुर्ण हुनुपर्छ ।’ सन्तानको सर्वाङ्गिण विकास र सिकाइका लागि घरको वातावरण बनाउन सहयोगहेतु एण्टेना फाउण्डेसन नेपालले अभिभावकहरुका लागि सहयोगी सञ्चार सामग्री सहितको अभियान सञ्चालन गरिरहेको छ ।

यसै अन्तर्गत यहि २०७८ साल आश्विन ४ गतेसोमबारदेखि अभिभावक शिक्षा, बालविवाह र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा आधारित धारावाहिक रेडियो नाटक ‘रोपेगुना फल’ सिजन २ प्रसारण हुँदैछ । नाटकको अवधि १५ मिनेटको रहेको छ । रोपेगुना फल रेडियो नेपाल लगायत देशभरीका एकसय बढी स्थानीय रेडियोबाट प्रसारण हुनेछ । त्यसबाहेक हाम्रो पात्रो मोवाइल एप, सामाजिक सञ्जाल फेसबुक, युट्युव र एन्टेना फाउण्डेशन नेपालको वेवसाइटमा समेत उपलब्ध हुनेछ ।

साथै नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सूचनाको संसार निशुल्क सेवा ३२१०० मा फोन गरी जुनसुकै बेला सुन्न सकिन्छ । रोपेगुना फलको दोश्रो सिजनमा जम्मा १०४ अंक उत्पादन गरिनेछ । जुन हप्तामा दुईपटकका दरले प्रशारण हुनेछ ।

मनोरञ्जन र शिक्षा सहितको यो रेडियो नाटक युनिसेफ नेपालको आर्थिक सहयोग, पपुलेसन मिडिया सेन्टर (पिएमसी) कोनाटक उत्पादन बिधि र पद्धती तथा अनुगमन, मुल्यांकन र श्रोता सर्वेक्षणका लागि प्राविधिक सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गरेको हो । यस अभियानमा भायामोनेपाललेनेपाल टेलिकमसँगको सहकार्यमा नाटकको अफलाइन सुन्न सकिने व्यवस्था गरेको छ ।

धारावाहिक रेडियो नाटक रोपेगुना फलमा अभिभावकले आफ्ना बालबालिकाको शारिरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकास लगायत उमेर तथा क्षमता अनुसार सिकाई, उचित स्याहार सुसार गर्ने ज्ञान, जिवन उपयोगी सीप र दक्षता केन्द्रित समग्र विकासका बिषयबस्तु समेटिन्छन् ।

प्रारम्भिक बालबिकासमा बुबाको भुमिका, गर्भााबस्थामा आामा र शिशुकोस्याहार, जन्मेपछी शिशु र आमाको हेरचाह, सुनौला हजार दिन, बालस्वास्थ्य, पोषण र सरसफाई, बाल संरक्षण र स्याहार, प्रारम्भिक सिकाईका अन्तरबस्तु, किशोर किशोरीहरुको यौन तथा प्रजनन्स्वास्थ्य र अधिकार एवम्बालविवाहको विषयमा रहेर रेडियो नाटक तयार हुनेछ ।

१३ देखि २४ बर्ष सम्मका किशोर किशोरी र यूवा साथै२५ देखि ४५ वर्षका अभिभावक नाटकका लक्षित श्रोता हुन्। त्यसबाहेक हजुरआमा, हजुरबा, दाजुदिदी तथा स्याहारकर्ताका लागि पनि रेडियो नाटक निकै उपयोगी रहेकोछ ।

अभिभावक तथा स्याहारकर्ताको सक्रिय संलग्नतामा गर्भावस्थादेखि ८ बर्षसम्मका बालबालिकाको शारिरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकास साथै बालविवाह र किशोर किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा रेडियो नाटक मार्फत समाजलाई योगदान पुग्नेछ भन्नेअपेक्षा सहित रेडियो नाटक रोपेगुना फल सिजन २ को प्रशारण शुभारम्भ हुँदैछ ।

रेडियो नाटक रोपेगुना फलको पहिलो संस्करण २३ डिसेम्बर २०१९ देखि ११ अगस्ट २०२० सम्म प्रसारण भएको थियो । पहिलो संस्करणका अंकहरु यो लिंकमा सुन्न सकिन्छ ।

२०७८ असोज ३ गते प्रकाशित


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

वि.सं.२०८१ चैत १२ मंगलवार १५:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने...

शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खनिए मेयर बालेन शाह

शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खनिए मेयर बालेन शाह

वि.सं.२०८१ चैत १० आइतवार १८:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री...