back
himalayan life

धारावाहिक रेडियो नाटक ‘रोपेगुना फल’ सिजन २ भोलीदेखि सुरु हुँदै

काठमाडौँ । भारतका बिख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५–१९३९ ) ले भनेका छन् ‘सही शैक्षिक वातावरणले मात्र बालबालिकाको सही विकास हुदैन ।

बालबालिकाको सार्थक सिकाई र विकासका लागि घरको वातावरण झनै महत्वपुर्ण हुनुपर्छ ।’ सन्तानको सर्वाङ्गिण विकास र सिकाइका लागि घरको वातावरण बनाउन सहयोगहेतु एण्टेना फाउण्डेसन नेपालले अभिभावकहरुका लागि सहयोगी सञ्चार सामग्री सहितको अभियान सञ्चालन गरिरहेको छ ।

यसै अन्तर्गत यहि २०७८ साल आश्विन ४ गतेसोमबारदेखि अभिभावक शिक्षा, बालविवाह र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा आधारित धारावाहिक रेडियो नाटक ‘रोपेगुना फल’ सिजन २ प्रसारण हुँदैछ । नाटकको अवधि १५ मिनेटको रहेको छ । रोपेगुना फल रेडियो नेपाल लगायत देशभरीका एकसय बढी स्थानीय रेडियोबाट प्रसारण हुनेछ । त्यसबाहेक हाम्रो पात्रो मोवाइल एप, सामाजिक सञ्जाल फेसबुक, युट्युव र एन्टेना फाउण्डेशन नेपालको वेवसाइटमा समेत उपलब्ध हुनेछ ।

साथै नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सूचनाको संसार निशुल्क सेवा ३२१०० मा फोन गरी जुनसुकै बेला सुन्न सकिन्छ । रोपेगुना फलको दोश्रो सिजनमा जम्मा १०४ अंक उत्पादन गरिनेछ । जुन हप्तामा दुईपटकका दरले प्रशारण हुनेछ ।

मनोरञ्जन र शिक्षा सहितको यो रेडियो नाटक युनिसेफ नेपालको आर्थिक सहयोग, पपुलेसन मिडिया सेन्टर (पिएमसी) कोनाटक उत्पादन बिधि र पद्धती तथा अनुगमन, मुल्यांकन र श्रोता सर्वेक्षणका लागि प्राविधिक सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गरेको हो । यस अभियानमा भायामोनेपाललेनेपाल टेलिकमसँगको सहकार्यमा नाटकको अफलाइन सुन्न सकिने व्यवस्था गरेको छ ।

धारावाहिक रेडियो नाटक रोपेगुना फलमा अभिभावकले आफ्ना बालबालिकाको शारिरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकास लगायत उमेर तथा क्षमता अनुसार सिकाई, उचित स्याहार सुसार गर्ने ज्ञान, जिवन उपयोगी सीप र दक्षता केन्द्रित समग्र विकासका बिषयबस्तु समेटिन्छन् ।

प्रारम्भिक बालबिकासमा बुबाको भुमिका, गर्भााबस्थामा आामा र शिशुकोस्याहार, जन्मेपछी शिशु र आमाको हेरचाह, सुनौला हजार दिन, बालस्वास्थ्य, पोषण र सरसफाई, बाल संरक्षण र स्याहार, प्रारम्भिक सिकाईका अन्तरबस्तु, किशोर किशोरीहरुको यौन तथा प्रजनन्स्वास्थ्य र अधिकार एवम्बालविवाहको विषयमा रहेर रेडियो नाटक तयार हुनेछ ।

१३ देखि २४ बर्ष सम्मका किशोर किशोरी र यूवा साथै२५ देखि ४५ वर्षका अभिभावक नाटकका लक्षित श्रोता हुन्। त्यसबाहेक हजुरआमा, हजुरबा, दाजुदिदी तथा स्याहारकर्ताका लागि पनि रेडियो नाटक निकै उपयोगी रहेकोछ ।

अभिभावक तथा स्याहारकर्ताको सक्रिय संलग्नतामा गर्भावस्थादेखि ८ बर्षसम्मका बालबालिकाको शारिरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकास साथै बालविवाह र किशोर किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा रेडियो नाटक मार्फत समाजलाई योगदान पुग्नेछ भन्नेअपेक्षा सहित रेडियो नाटक रोपेगुना फल सिजन २ को प्रशारण शुभारम्भ हुँदैछ ।

रेडियो नाटक रोपेगुना फलको पहिलो संस्करण २३ डिसेम्बर २०१९ देखि ११ अगस्ट २०२० सम्म प्रसारण भएको थियो । पहिलो संस्करणका अंकहरु यो लिंकमा सुन्न सकिन्छ ।

२०७८ असोज ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...