back
Naima

सञ्चालनमा आयो ‘नमस्ते पे’ किप्याड मोबाईलमा पनि प्रयोग गर्न सकिने

काठमाडौँ । सरकारी लगानीको पहिलो डिजिटल भुक्तानीको माध्यम ‘नमस्ते पे’ सञ्चालनमा आएको छ । सरकारी स्वामित्वमा रहेका दुई नेपाल टेलिकम र वाणिज्य बैंकको संयुक्त लगानीमा डिजिटल पेमेन्ट कम्पनीद्धारा सञ्चालीत ‘नमस्ते पे’ मंगलबारबाट सुभारम्भ भएसँगै अब प्रयोग गर्न सकिने भएको हो ।

मङ्गलवार सोल्टी होटेलमा एक कार्यक्रम गर्दै यसको औपचारीक समुद्घाटन गरिएको हो । नेपालमा पछिल्लो समय डिजिटल पेमेन्टका माध्यमहरुको प्रतिश्पर्धा भईरहेको बेला यो नमस्ते पे मा थप नयाँ सुविधाको साथ सञ्चालनमा ल्याईएको हो । यो भुक्तानी माध्यमको प्रयोग उपभोक्ताले प्याडवाला फोनबाटै पनि प्रयोगमा ल्याउन सकिने भएको हो।

सोही कार्यक्रममा बोल्दै डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले स्टार ५०० ह्याज सामान्य फोनबाटै पनि नगद भुक्तानी गर्न मिल्ने बताएका हुन् ।

यसका लागि २ वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुरू गरेको डिजिटल नेपाल अभियानलाई सघाउ पुर्याउन नेपाल टेलिकम र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले नेपाल डिजिटल पेमेन्ट कम्पनी सञ्चालनमा ल्याउने सम्झौता गरेको सिईओ भण्डारीले बताए । सम्झौता भएको २ वर्षपछि पेमेन्ट कम्पनीले मूर्त रूप लिएर कारोबार शुभारम्भ गर्न पाउँदा खुसि महसुस भएको उनले बताए ।

‘नमस्ते पे’ सञ्चालनमा आएसँगै हाल मोबाइल टप–अप गरेर विजुली र खानेपानीको महशुल तिर्न सकिने छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नमस्ते पे ले इन्टरनेट बिना पनि ग्राहाकलाई सेवा दिन सक्ने बताए ।

अनलाइन भुक्तानीलाई सहज बनाउन शुरू गरेको ‘नमस्ते पे’ ले अझै निजी क्षेत्रको सेवा प्रदायक कम्पनी एनसेलसँग समेत सहकार्य गर्ने अधिकारीले बताए । सबै किसिमको विद्युतीय भुक्तानी सेवा दिने नमस्ते पे मा अन्य वालेटले दिन नसकेको फिचर फोनबाट सहजै कारोबारको सुविधा प्रदान गर्ने टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताए ।

कार्यक्रममा नेपाल दूरसञ्चार कम्पनीको सञ्चालक समितिको अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र वाणिज्य बैङ्कका सञ्चालक समितिको अध्यक्ष तथा अर्थ मन्त्रालयका पूर्व सचिव रामशरण पुडासैनीले १ हजार ५ सय रुपैयाँ ट्रान्सफर गरेर औपचारिक सुरुवात गरेका थिए ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ४० करोड रहेको छ । जसमा नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कको ३८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

नेपालमा हाल १४ ओटा यस्ता वालेट कम्पनी सञ्चालनमा रहेका छन् ।

२०७८ भदौ ३० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...