सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?
वि.सं.२०७८ भदौ ३० बुधवार
काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो अघिल्लो दिनकै मूल्यमा स्थिर रहेर आज ६ सयले बढेसँगै छापावाला सुनको प्रतितोला ९१ हजार २०० मूल्य निर्धारण भएको छ। यता, तेजाबी सुन आजका लागि ९० हजार ७०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।
२०७८ भदौ ३० गते प्रकाशित
प्रकाशित समय : ११:०७ बजे






















