back

बालदिवसको अवसरमा प्रभु लिटिल च्याम्प पिएमस योजना सार्वजनीक

nactional life

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले आज बालदिवसको अवसरमा प्रभु लिटिल च्याम्प पिएमस योजना सार्वजनीक गरेको छ । नेपाली पूँजी बजारमा चिरपरिचित यस क्यापीटलले आफ्नो प्रडक्ट तथा सेवाहरुलाई निरन्तर ग्राहकहरुको अपेक्षा अनुरुप विस्तार गर्ने क्रममा बालबालिकाको लागि यस्तो योजना सार्वजनीक गरेको हो ।

यो योजना अन्तरगत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरारछोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ ।

यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ । प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सकिन्छ ।

‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ ।

यो योजनाका विशेषताहरु निम्नानुसार रहेको छः

न्यूनतम लगानी अवधिः ५ वर्ष

हर्डल रेटः ८ प्रतिशत

वार्षिक व्यवस्थापन शुल्क (एएमसी): २ प्रतिशत

मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत

लक इन अवधिः ५ वर्ष

लक इन अवधि अगावै योजना बन्द शुल्कः ३ प्रतिशत

नाफा वितरणः न्यूनतम लगानी अवधि पश्चात

गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्नेछ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सकिन्छ । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।

विभिन्न सेवा तथा प्रडक्ट मध्ये प्रदान गर्ने एक प्रमुख सेवा लगानी व्यवस्थापन सेवा हो । यस अन्तर्गत हाल महिला लगानीकर्ताहरुलाई मात्रै लक्षित गरेर यसपालीको तिजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजनाको शुरुवात गरिएको छ भने सबै प्रकारका लगानीकर्ताहरुको लागि प्रभु स्मार्ट पिएमस योजना सञ्चालनमा रहेको छ ।

यो सेवाको बारेमा थप जानकारी लिन चाहनुहुने सेवाग्राहीले प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com का साथै फोन नं. ०१–५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क गर्न सकिन्छ ।

२०७८ भदौ २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...