back
Naima

सांग्रिला बैंकद्धारा प्रहरीलाई डिजिटल बैंकिङ सचेतना

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लि. मलेखु शाखाले एक कार्यक्रम मार्फत प्रहरीलाई डिजिटल बैंकिङको महत्व बुझाएका छन् ।

डिजिटल बैंकिङको महत्व विषयक कार्यक्रम मार्फत बैंकको मलेखु शाखाले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी अधिकृतहरू तथा प्रहरी जवानहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एंबम प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यमामा डिजिटल बैंकिङको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विशिष्ट अतिथिमा प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी अतिथिहरूमा प्रहरी निरीक्षक रमेश थापा लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक दूरी कायम गर्दै सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शाखा मलेखुकै कर्मचारी सीमान्त ढुङ्गानाले राखेका थिए ।

शाखा कार्यलय गल्छी धादिङका शाखा प्रमुख कमलराज शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक मलेखु शाखाका प्रमुख गौरव काफ्लेले पहिले पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने, एटिएम मोबाइल बैंकिङको प्रयोगबाट धेरै समयको बचत, पारदर्शी कारोबार र न्यून जोखिम रहने कुराका बारेमा स्पष्ट पारेका छन् ।

काफ्लेले कोरोना महामारी (कोभिड १९) रोकथाम एवम् नियन्त्रणका लागि लकडाउन र भौतिक दूरी कायम गर्नुपर्ने भएकाले डिजिटल बैंकिङ कारोबार गर्नेका सङ्ख्यामा वृद्धि भएको बताए । तर अझै प्रविधिको ज्ञानको अभावले प्रभावकारी नभएको उनको भनाई छ ।

बैंक खाता खोल्न, खातामा पैसा पठाउन, क्रृण आवेदन दिन, विभिन्न महशुल भुक्तानी गर्न, रिर्चाज गर्न लगायतका बैंकिङ सेवाहरू अहिले घरमै बसेर गर्न सकिने काफ्लेले जनाएका छन् ।

नेपाल राष्ट्र बैकको निती अनुसार क्यासलेस कारोबारमा एकै चोटी फड्को मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोग तर्फ आफ्ना ग्राहकलाई आकर्षण गरि विद्युतीय भुक्तानी कारोबारलाई सांग्रिला डेभलपमेन्ट बैंकले गहन रुपमा लिएको काफ्लेले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक महेन्द्र खड्काले डिजिटल बैंकिङको महत्व बढिरहेको वर्तमान समयमा यस कार्यक्रमले थप महत्वपूर्ण भूमिका खेलेको र नगदरहित कारोबारका लागि सबैलाई आग्रह समेत गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले नाफा मात्रै नहेरी धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा खड्काले बधाई दिए । खड्काले आफ्नो मातहतका कर्मचारीहरूलाई स्र्माट मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ए।टि।एम।, फोन पे, डेबिट कार्ड, क्रेडिट कार्ड, रेमिटेन्स, अन्तर बैक विद्युतीय भुक्तानी प्रणालीको महत्व तथा सुविधा साथै समग्रमा डिजिटल बैंकिङको महत्वका बारेमा जानकारी दिइएकोमा बैंकलाइ धन्यवाद दिए ।
कार्यक्रममा काफ्लेले मलेखु शाखाले मात्रै नभई सांग्रिला डेभलपमेन्ट बैंकको देशै भरिका ९६ वटा शाखा कार्यालयहरूबाट यस किसिमको कार्यक्रम गर्दै वित्तिय सचेतना, विद्युतीय भुक्तानी प्रणालीको महत्व, फाइदाका बारेमा जानकारी दिदै विद्युतीय भुक्तानी गर्न तर्फ प्रोत्साहन गरेको कुरा उल्लेख गरे ।

२०७८ भदौ २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०८३ साउन २६ मंगलवार १६:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार,...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

वि.सं.२०८३ साउन २६ मंगलवार १५:३४

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर...

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

वि.सं.२०८३ साउन २५ सोमवार १६:४५

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन...

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

वि.सं.२०८३ साउन २५ सोमवार १६:४३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार,...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...