back

सांग्रिला बैंकद्धारा प्रहरीलाई डिजिटल बैंकिङ सचेतना

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लि. मलेखु शाखाले एक कार्यक्रम मार्फत प्रहरीलाई डिजिटल बैंकिङको महत्व बुझाएका छन् ।

डिजिटल बैंकिङको महत्व विषयक कार्यक्रम मार्फत बैंकको मलेखु शाखाले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी अधिकृतहरू तथा प्रहरी जवानहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एंबम प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यमामा डिजिटल बैंकिङको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विशिष्ट अतिथिमा प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी अतिथिहरूमा प्रहरी निरीक्षक रमेश थापा लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक दूरी कायम गर्दै सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शाखा मलेखुकै कर्मचारी सीमान्त ढुङ्गानाले राखेका थिए ।

शाखा कार्यलय गल्छी धादिङका शाखा प्रमुख कमलराज शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक मलेखु शाखाका प्रमुख गौरव काफ्लेले पहिले पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने, एटिएम मोबाइल बैंकिङको प्रयोगबाट धेरै समयको बचत, पारदर्शी कारोबार र न्यून जोखिम रहने कुराका बारेमा स्पष्ट पारेका छन् ।

काफ्लेले कोरोना महामारी (कोभिड १९) रोकथाम एवम् नियन्त्रणका लागि लकडाउन र भौतिक दूरी कायम गर्नुपर्ने भएकाले डिजिटल बैंकिङ कारोबार गर्नेका सङ्ख्यामा वृद्धि भएको बताए । तर अझै प्रविधिको ज्ञानको अभावले प्रभावकारी नभएको उनको भनाई छ ।

बैंक खाता खोल्न, खातामा पैसा पठाउन, क्रृण आवेदन दिन, विभिन्न महशुल भुक्तानी गर्न, रिर्चाज गर्न लगायतका बैंकिङ सेवाहरू अहिले घरमै बसेर गर्न सकिने काफ्लेले जनाएका छन् ।

नेपाल राष्ट्र बैकको निती अनुसार क्यासलेस कारोबारमा एकै चोटी फड्को मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोग तर्फ आफ्ना ग्राहकलाई आकर्षण गरि विद्युतीय भुक्तानी कारोबारलाई सांग्रिला डेभलपमेन्ट बैंकले गहन रुपमा लिएको काफ्लेले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक महेन्द्र खड्काले डिजिटल बैंकिङको महत्व बढिरहेको वर्तमान समयमा यस कार्यक्रमले थप महत्वपूर्ण भूमिका खेलेको र नगदरहित कारोबारका लागि सबैलाई आग्रह समेत गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले नाफा मात्रै नहेरी धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा खड्काले बधाई दिए । खड्काले आफ्नो मातहतका कर्मचारीहरूलाई स्र्माट मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ए।टि।एम।, फोन पे, डेबिट कार्ड, क्रेडिट कार्ड, रेमिटेन्स, अन्तर बैक विद्युतीय भुक्तानी प्रणालीको महत्व तथा सुविधा साथै समग्रमा डिजिटल बैंकिङको महत्वका बारेमा जानकारी दिइएकोमा बैंकलाइ धन्यवाद दिए ।
कार्यक्रममा काफ्लेले मलेखु शाखाले मात्रै नभई सांग्रिला डेभलपमेन्ट बैंकको देशै भरिका ९६ वटा शाखा कार्यालयहरूबाट यस किसिमको कार्यक्रम गर्दै वित्तिय सचेतना, विद्युतीय भुक्तानी प्रणालीको महत्व, फाइदाका बारेमा जानकारी दिदै विद्युतीय भुक्तानी गर्न तर्फ प्रोत्साहन गरेको कुरा उल्लेख गरे ।

२०७८ भदौ २९ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...