अपर तामाकोशीको २ बर्षको साधारण सभा मिती तय, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ २८ सोमवार

काठमाडौँ। अपर तामाकोशीले दुई आर्थिक बर्षको साधारण सभा गर्न असोजमा आह्वान गरेको छ ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले असोज १९ गते दुई आर्थिक वर्ष बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले नेपाल विद्युत प्राधिकरण, दरबारमार्गमा बिहान ११ः३० बजे सभा भर्चुअल माध्यमबाट बोलाएको हो ।
कम्पनीको सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयअनुसार आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम पारित गर्नेछ ।
त्यस्तै, सभाले दुबै आर्थिक वर्षको नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।
२०७८ भदौ २८ गते प्रकाशित

प्रकाशित समय : ११:४३ बजे