back

वोमी र सूर्योदय लघुवित्त मर्ज हुने

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्था मर्ज हुने सम्झौता गरेका छन् । यी दुई संस्थाबीच आज गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने छ । डिडिए गरेर स्वाप रेसियो तय गरिने र आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति भएको छ ।

वोमी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सुर्योदय लघुवित्तको केन्द्रिय कार्यालय पुतलीबजार स्याङजामा रहेको छ । वोमी लघुवित्तको चुक्ता पुंजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको चुक्ता पुंजी २४ करोड ८० लाख रहेको छ । मर्जमा जाने सम्झौता गरेसंगै बुधबारबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यी दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ ।

मर्जर प्रक्रिया टुंगोमा पुर्याउन संयुक्त मर्जर कमिटि गठन गरिएको छ । संयुक्त मर्जर कमिटिमा वोमीको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र रहेका छन् भने सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एक बहादुर गोदार रहेका छन् ।

सम्झौता अनुसार हाल सुर्योदयका सीईओ मर्जरपछि बन्ने संस्थाको सीइओ बन्नेछन् भने हाल ओमीका सीइओ मर्जरपछि बन्ने संस्थाको डेपुटी सीईओ रहने छन् ।
२०७८ भदौ १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...