back
himalayan life

खोटाङका दर्जनौँ योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग

काठमाडाैं । नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् ।

महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार कांग्रेस सभापतिसमेत रहेका देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जिल्लाका दर्जनौँ सडक तथा सिँचाइ योजनाका लागि बजेट माग गरेको हो ।

ध्यानाकार्षण टोलीले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै जिल्लाको पाथेका–शनिबारे–बालाबेँसी–तापखोला पक्की सडक पुल (डिपिआर भइसकेको) दिक्तेल–अल्छेढुङ्गा–नेर्पा–दोर्पाचिउरीडाँडा–दोबेला हुँदै डाँडागाउँ–चखेवा सडक स्तरोन्नति तथा पक्की पुल निर्माण, पाथेका–शनिबारे–खार्ताम्छा–फेदी सडक स्तरोन्नति, ऐंसेलुखर्क–बाकाचोल–देउराली हुँदै सोलुखुम्बु जोड्ने सडक (डिपिआर भइसकेको), सिमेडाँडा–दिक्तेल–चुप्ला हुँदै नुनथला–बुइपा स्तरोन्नतिका लागि बजेट माग गरेको छ ।

२०७८ भदौ ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...